

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीलाई काँग्रेस विशेष महाधिवेशनपछि आफ्नैले साथ छाड्ने क्रम नगर योजना आयोगसम्म पुगेको छ ।
भीमदत्त नगर योजना आयोगका उपाध्यक्ष राजेन्द्र केसी काँग्रेस संस्थापन पुगेका छन् । केसी काँग्रेस भीमदत्त नगरपालिका १८ को वडा सभापति हुन् ।
२०७९ मा बोगटी मेयर भएपछि केसीलाई आयोग उपाध्यक्ष बनाएका थिए । नगर योजना आयोगमा मेयर आफैं अध्यक्ष हुने व्यवस्था छ ।
केसीले काँग्रेसको १५ औं महाधिवेशन अन्र्तगत शनिबार हुने वडा अधिवेशनका लागि बिहीबार भेला गरी निर्णय गरेका छन् ।
भेलापछि गरिएको निर्णयलार्य केसी आफैंले सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् ।
काँग्रेस संस्थापनले शनिबार देशभर वडा अधिवेशन गदैछ । बोगटी अहिले देउवा समूहमा छन् । १४ औं महाधिवेशनमा बोगटी पार्टी सभापति निर्वाचित भएका थिए ।

१४ औं महाधिवेशनमा उनी कञ्चनपुर काँग्रेसका एनपी साउँद समूह छाडेर रमेश लेखक समूहमा आएर सभापति भएका थिए । त्यस अघि १३ औं साउद समूहमा चुनाव लडेर पराजित भएका थिए ।
१४ औं लेखक समूहमा आएर उनी पार्टी सभापति र भीमदत्तको मेयर दुबै निर्वाचित भएका थिए । केसी साउद समूहका थिए । बोगटी लेखक समूह आएपछि उनी साउँद समूहमा थिए ।
अहिले उनी साउँद छाडेर संस्थापन पुगेका छन् । मेयर बोगटीलाई काँग्रेसले केही दिन अघि सभापतिको जिम्मेवारीबाट अलग गरेको छ ।
यस अघि भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थी र ४ का वडा अध्यक्ष सुशिल कुमार भट्टले साथ छाडेका थिए ।
भीमदत्त १७ का वडा अध्यक्ष पदम बुडा पनि काँग्रेस संस्थापनमा छन् । उनी साउद समूहका थिए ।


