

महेन्द्रनगर । डिजिभन वन कार्यालयलाई इको पार्क सहित सालघारी क्षेत्रमा प्रवेश निषेध गरिएको छ । सालघारीस्थित इको पार्क व्यवस्थापन समितिले वन कार्यालयलाई सालघारी क्षेत्रमा प्रवेश निषेध गरेको छ ।
समितिका अध्यक्ष बिमल खडायतले सामाजिक सञ्जालबाट वन डिजिभनलाई प्रवेश निषेध गरिएको जानकारी सार्वजनिक गरेका छन् ।
सालघारी वन क्षेत्र भीमदत्त नगर विकास समिति स्वामित्वको जग्गो हो । त्यहीं जग्गा सालका रुख छन् ।

डिभिजन वनले सालघारीमा रख काटिएपछि लगेर बेच्ने बाहेक अन्य संरक्षणका काममा ध्यान नदिएको भन्दै प्रवेश निषेध गर्ने अवस्था आएको बताइएको छ ।
‘आजसम्म तपाईहरुको योगदान उक्त वनका लागि के रह्यो, अनि त्यहाँ रहेको समितिलाई कुनै जानकारी तथा समन्वय नगरी सालका गोलिया उठाउनु हुन्छ खबरदार आजका दिनदेखि वनमा तपाईहरुलाई प्रवेश निषेध गरिने छ । बरु हामी उक्त बन जोगाउन तपाईंहरुसंग द्वन्द गर्न तयार छौ, जय इको पार्क’ खडायतले भनेका छन् ।
खडायतले सामाजिक सञ्जालमा लामो स्टयाटश लेख्दै स्थानीयको प्रयासले सालघारी वन जोगिएको स्मरण गराएका छन् ।
‘कञ्चनपुर जिल्ला वन कार्यालय महेन्द्रनगरका वन अधिकृतज्यू तपाईहरुलाई भीमदत्त नगरपालिका वडा नम्बर १८ स्थित इको पार्क छ भन्ने जानकारी त होला नै, महेन्द्रनगर नगर विकास समिति को स्वामित्वमा रहेको सालघारीको जग्गामा रहेको जङ्गल हिजो झण्डै उक्त जंगल पूर्ण विनाश हुने अवस्थाबाट अहिले स्थानीय पालिका र जनताहरुले जोगाएको अवस्था हो’ उनले भनेका छन्, ‘उक्त जंगलबांट तपाइँहरु राज्यको वन हो भन्दै ढले पढेका सालका गोलिया मात्र उठाएर बन कार्यालय मा जम्मा गरि बेचबिखन गर्ने मात्रै तपाईंहरुको काम रहेको छ र एउटा कुरा तपाईहरुलाई थाहा छ कि छैन त्यहाँ वन जोगाउनका निम्ति भीमदत्त नगरपालिकाले इको पार्क व्यवस्थापन समिति गठन गरेको छ, जसले आफैसंग कुनै बजेट नहँुदा पनि वन संरक्षणका लागि थुप्रै कार्यक्रमहरु गर्दै आएको कुरा सर्वविदितै छ ।’
