

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाका सूचना प्रविधि अधिकृत लोग राज भट्टले संविधान दिवसमा पिपल चौतारीमा बसेर संविधान वाचन गरेका छन् ।
झलारी बजारस्थित एनएमबी बैंक नजिक चौतारीमा शनिबार साँझ ६ः३० बजेदेखि राति १०ः३० बजेसम्म नेपालको संविधान वाचन गरेका छन् ।

संविधान दिवस मनाउने मात्र नभई संविधान आफैं पढ्ने, बुझ्ने, आत्मसात् गर्ने र आवश्यकताअनुसार सुधार गर्दै लैजाने संस्कार विकास गर्ने उद्देश्यले भट्टले संविधान बाचन गरेका हुन् ।
कार्यक्रममा युवा, स्थानीय नागरिक तथा बजारमा किनमेलका लागि पुगेका सर्वसाधारणले समेत संविधान वाचन सुनेका थिए ।
झलारी बजारका व्यवसायीहरूले साउण्ड व्यवस्थापन, खाना, जुस र ब्यानरलगायत आवश्यक सहयोग गरेका थिए ।
