ghar sansar

सार्कको अनुसन्धान सम्मेलन उद्घाटन गर्दै पूर्व मुख्यमन्त्री रावलले भने– प्रश्न गर्ने बानीबाटै अनुसन्धान सुरु हुन्छ

khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलले अनुसन्धान कठिन विषयजस्तो लागे पनि यसको सुरुवात अत्यन्तै सरल कुराबाट हुने भएकाले विद्यार्थीले सबैभन्दा पहिले प्रश्न गर्ने बानीको विकास गर्नुपर्ने बताएका छन् ।

एजुकेसन फाउन्डेसन (विद्यालय) ले आयोजना गरेको ‘सार्क नेशनल रिसर्च कन्फ्रेन्स–०८३’ को समापन समारोहमा प्रमुख अतिथिका रूपमा विद्यार्थीलाई सम्बोधन गर्दै पूर्वमुख्यमन्त्री रावलले प्रश्न गर्ने बानी नै अनुसन्धानको पहिलो खुड्किलो भएको बताएका हुन् ।

‘किन यस्तो भयो ? यसको कारण के हो ? हामीले यसलाई अझ राम्रो कसरी गर्न सक्छौँ ? यसको प्रमाण के छ ?’ उनले भने, ‘यही प्रश्न गर्ने बानीबाट अनुसन्धान सुरु हुन्छ ।’

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रावलले प्रश्न गर्न कहिल्यै डराउन नहुने बताए । उनले विद्यार्थीले गर्ने प्रश्न सानो, फरक वा शिक्षकलाई समेत तत्काल थाहा नभएको विषय हुन सक्ने उल्लेख गर्दै प्रश्न गर्ने संस्कारले नै नयाँ ज्ञानको खोजीमा प्रेरित गर्ने बताए ।

‘तपाईंको प्रश्न सानो होला, फरक होला वा शिक्षकलाई पनि थाहा नभएको विषय हुन सक्छ,’ उनले भने, ‘तर राम्रो प्रश्न धेरैपटक छिटो प्राप्त गरिएको उत्तरभन्दा बढी महत्वपूर्ण हुन्छ ।’

dirghayi clinic

आफ्नो विचारलाई प्रमाण र तथ्यका आधारमा बलियो बनाउन अनुसन्धानले सहयोग पुग्ने उनको भनाइ थियो । अनुसन्धानका क्रममा अवलोकन गर्ने, सूचना सङ्कलन गर्ने, तुलना गर्ने, विश्लेषण गर्ने र त्यसपछि निष्कर्षमा पुग्ने बानीको विकास हुने उनले बताए ।

कन्फ्रेन्समा विभिन्न विषयमा प्यानल छलफलसँगै विद्यार्थीहरूले आफ्ना खोज तथा अनुसन्धानमूलक प्रस्तुति प्रस्तुत गरेका थिए ।

सिर्जनशीलता, नवप्रवर्तन तथा उद्यमशीलताका विषयमा समेत छलफल गरिएको कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीहरूलाई प्रमुख अतिथि रावलले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालासँग विद्यार्थीहरूको प्रत्यक्ष संवाद समेत गराइएको थियो । समसामयिक विषयमा विज्ञ र सरोकारवालासँग छलफल गराउँदै नयाँ विषयको खोजी गर्ने, आफ्ना धारणा प्रस्तुत गर्ने तथा अनुसन्धानमा आधारित सोच विकास गराउने उद्देश्यले कन्फ्रेन्स आयोजना गरिएको छ ।

विद्यार्थीमा सिर्जनशीलता, अनुसन्धान र नवप्रवर्तनको संस्कार विकास गर्दै उनीहरूको क्षमता विस्तार र उद्यमशील सोच निर्माणमा कार्यक्रमले योगदान पु¥याउने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ ।

सार्क एजुकेसन फाउन्डेसनले हरेक वर्ष अनुसन्धान, सिर्जनशीलता तथा नवप्रवर्तनसँग सम्बन्धित रचनात्मक कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...