
महाकाली यातायातको निर्वाचनमा लागेको क्षेत्रीयताको नारालाई आपशी एकता र सहकार्यका लागि नकारात्मक भन्दै सुप स्वालबम्बी समाजले भन्यो– घट्नाको निष्पक्ष छानबिन भएर संलग्नलाई कारवाही होस

महेन्द्रनगर । सुप स्वालबम्बी समाज कञ्चनपुरले महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्रालिको निर्वाचनमा लागेको क्षेत्रीयताको नारा आपशी एकता, सामाजिक सद्भाव र सहकार्यको भावनाका लागि नकारात्मक भएको भन्दै छानबनि गरी संलग्नलाई कारवाहीको माग गरेको छ ।
प्रालिको असोज ५ गते कम्पनीको निर्वाचनमा अन्तिम मत परिणाम सार्वजनिक भएपछि नव निर्वाचित भट्टको विजयी जुलुशमा सहभागीले क्षेत्रीयताको नारा लगाएका थिए ।

त्यही नारालाई लिएर समाजले विज्ञप्ति प्रकाशित गर्दै निर्वाचनको मर्यादा, सामाजिक सद्भाव र शान्ति खलल पुग्ने गतिविधि र राष्ट्रिय विकासमा अवरोध हुन सक्ने भएकाले सम्बन्धित पक्षले घट्नाको निष्पक्ष छानबिन गरी संलग्नलाई कारवाही गर्न ध्यान दिन माग गरेको छ ।
समाजका अध्यक्ष होम बहादुर कुँबरले जारी विज्ञप्तिमा भविष्यमा यस्ता गतिविधि दोहोरिन नहुने र क्षेत्रीयता भन्दा माथि उठेर आपशी एकता र सहकार्यलाई बलियो बनाउन आग्रह आग्रह गरेका छन् ।

