ghar sansar

परिचालक, चालक हुँदै व्यवसायी भएर महाकाली यातायातमा सधैं विजयी हुन्छन् धिरेन्द्र चन्द

khasi

महेन्द्रनगर । असोज ५ गते महाकाली यातायात कम्पनी प्रालिको निर्वाचनमा धिरेन्द्र बहादुर चन्द सबै भन्दा बढी मत ल्याएर सञ्चालक सदस्य निर्वाचित भए ।

अध्यक्ष र १० संचालक सदस्यका लागि चुनाव भएको थियो । चन्द नव निर्वाचित अध्यक्ष नबिन भट्ट प्यानलबाट चुनाव लडेका थिए ।

चुनावमा अध्यक्ष भट्ट प्यानलका भट्ट र चन्द मात्रै निर्वाचित भएका छन् । अन्य ९ संचालक सदस्य सबै अध्यक्षका अर्का उम्मेदवार बिष्णु कडेल प्यानेलका निर्वाचित छन् ।

रोचक कुरा चाहिँ निर्वाचित चन्द सबैभन्दा बढी मत ल्यएर बिजयी भए । उनले २ सय ४८ मत पाएका छन् । निर्वाचनमा ३ सय ५० मत खसेको थियो ।

‘मलाई सबै व्यवसायीले सहयोग गरे, सवैलाई धन्यवाद दिन चाहन्छु’ उनले भने ।

चन्द तत्कालीन महाकाली सेती यातायात व्यवसायी समितिमा २०६९ मा पहिलो उपकार सचिव भएर प्रवेश गरेका थिए । त्यसपछि समितिमा निरन्तर पदाधिकारी हँुदै अहिले समितिको रुपान्तरित महाकाली यातायात कम्पनीमा सदस्य भएका हुन् ।

सरकारले २०७६ मा समिति खारेज गरेपछि समिति कम्पनीमा रुपान्तरण भएको थियो । अहिले कम्पनीमा अध्यक्ष र सञ्चालक सदस्य मात्रै निर्वाचित हुने व्यवस्था छ ।

चन्दले दुई कार्यकाल उपकार सचिव भएर तत्कालीन समिति काम गरे । २०७१ मा उनी नबिन भट्ट नेतृत्वको समितिमा दोस्रो पटक उपकार सचीव भएका थिए ।

२०७४ मा उनी उपकार उपाध्यक्ष भए । यस निर्वाचनमा भट डम्वर राज पन्तसित पराजित भएका थिए । सदस्य हुदै अन्य पदाधिकारी भएर अन्य पन्त पहिलो पटक समिति नेतृत्वमा पुगेका थिए ।

dirghayi clinic

सरकारले समिति खारेज गरी कम्पनीमा जाने निर्णय गरेपछि समिति सर्वोच्च अदालत पुग्यो । त्यसपछि चुनाव हुन सकेन । सर्वोच्चले २०८० मा समिति नविकरण गर्ने आदेश दिएपछि २०८१ मा फेरि समितिको चुनाव भएको थियो ।

पुरानै प्रतिस्पर्धी फेरि चुनाव लडे । भट्ट पन्तसित ११ मतले पराजित भए । भट्ट पन्तसित अघिल्लो चुनावी हारको बदला लिन चाहन्थे । उनी फेरि पराजित हुन पुगे ।

चन्द भने उपकार उपाध्यक्ष निर्वाचित भए । यो कार्यकाल भने काम गर्न नपाएर असोज ५ गते कम्पनीको चुनाव भएर नया समिति निर्वाचित भएको छ ।

भीमदत्त १० का चन्द २०६१ देखि यातायात व्यवसायमा आएका हुन् । बैतडीको दशरथ चन्द नगरपालिका १ गुरुखोला देउमाणाका उनले गाडीमा परिचालक ( कन्डक्टर ) भएर यातायात क्षेत्र प्रवेश गरेका हुन । केही बर्ष परिचालक भएपछि उनी चालक भएर बैतडी महेन्द्रनगर गाडी चलाएका थिए ।

चालक भएपछि चन्दले गाडी भाडामा लिएर सञ्चालन गर्न थाले । त्यसपछि आफ्नै गाडी किनेर उनी २०६९ मा समिति आवद्ध भएका थिए ।

यातायात क्षेत्र आउन अघि उनी बैतडीको देहीमाण्डौमा व्यापार गर्थे । व्यापारसंगै उनले ट्रक सञ्चालन गर्दै अएका थिए ।
४८ बर्षिय चन्द अहिले फेरि कम्पनी सदस्य भएका छन् । कम्पनीलाई समय सापेक्ष बनाएर यात्रुलाई सहज सेवा प्रदानका लागि लाग्ने चन्द बताउँछन् ।

अहिले व्यवसायलाई प्रबिधिमैत्री बनाउन आवश्यक भएको चन्दको भनाई छ । 

यातायात व्यवसाय पहिला भन्दा अहिले निकै चुनौतीपूर्ण भएको चन्दले बताए ।

अहिले आफूहरू बीमा कमनी, मोटर पाट्र्स, ग्यारेज लगायतका लागि मात्रै संचालन भएको जस्तो लागेको पीडा उनले सुनाए । ‘पहिला ठिक थियो, यसो हुन्छ भन्ने जानेको भए म त आउने नै थिएन’ चन्दले भने ।

कम्पनीको निर्वाचन मत परिणाम घोषणा पछि लागेका क्षेत्रीयताको नारा गलत भएको चन्दले बताए । ‘यो गलत नै हो, यहा कोई पूर्विया कोई पश्चिममा छैन’ उनले भने ।

व्यवसायीका सुख दुखमा साथ दिने र व्यवसायीको हकहितका लागि प्रतिवद्व भएर लागि रहने चन्द बताउँछन् ।

Himal dental
सम्बन्धित
Loading...