ghar sansar

जनज्योति माविमा सारिए दोधारा चाँदनीको जर्का टोलका पाँच घर परिवार

khasi

महेन्दनगर । दोधारा चाँदनी नगरपालिका– ८ जर्का टोलमा बाढीकोख खतरा देखिएपछि ५ घर परिवार सुरक्षित स्थानमा आएका छन् । वस्ती नजिक जनज्योति माध्यमिक बिद्यालयमा राखिएको छ ।

यस अघि दोधारा चाँदनी नगरपालिका ३ पटरा खल्लाका १४ घर परिवारलाई जोगबुढा नदीमा पानीको बहाव बढेपछि सुरक्षित स्थानमा सारिएका थियो ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलका अनुसार उनीहरुलाई जमुना आधारभूत विद्यालयमा सारिएको जानकारी दिए ।

dirghayi clinic

सीमा सुरक्षा गुल्म देवीस्थानबाट खटिएको प्रहरी टोलीले उक्त सामग्री सुरक्षित स्थानमा सारेको हो। सोही वडाका वडाध्यक्ष हरिसिंह धनाडीले मौसम पूर्वानुमान महाशाखाबाट भारी वर्षा हुनसक्ने भन्दै सर्तक रहन आग्रह गरिए अनुसार स्थानीयवासीमा सचेत रहन वडा र नगरपालिकाबाट सूचना गरिएको बताए ।

“अहिलेसम्म त्यस प्रकारको खतरा छैन। तर सर्तकता अपनाइएको छ”, उनले भने, “सुरक्षा निकाय र स्थानीय तहबीच पनि विपद् प्रतिकार्य खोज तथा उद्धारका लागि समन्वय भएको छ ।”

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले विपद् प्रतिकार्यका लागि आवश्यक विपद् उद्धार सामग्रीसहित तालिमप्राप्त जनशक्ति तयारी अवस्थामा रहेको जनाएको छ ।

जिल्लाभरको सम्भावित विपद् क्षति न्यूनीकरण तथा आवश्यक समन्वयका लागि जिल्ला प्रशासन कार्यालयमा ‘कमाण्ड पोष्ट’ स्थापना भई आवश्यक निगरानीसमेत बढाइएको छ।

तस्बिर : पप्पु गुरुङ्ग

Himal dental
सम्बन्धित
Loading...