ghar sansar

भाग्यमानी भण्डारी, दुई दिनमा दुईतिर खुसी

khasi

महेन्द्रनगर । महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्रालिको निर्वाचनमा निर्वाचित भएपछि सुरेन्द्र भण्डारी असोज ६ गते दोधारमा परे ।

भीमदत्त नगरपालिका १ भासीका भण्डारीले एक छिन सोचे । त्यसपछि निर्णय लिए । अघि देखिको दोधारे मन बल्ल एक भयो ।

असोज ६ गते महाकाली यातायात वा काङ्ग्रेस पार्टी कार्यालय पहिले कहा जाने कुराले भण्डारी दोधारमा परेका थिए । उनले दुबै ठाउँ जानु पर्ने थियो ।

दुबै एकै समयमा कार्यक्रम राखिएकाले भण्डारीलाई अलमल परेको थियो । महाकाली यातायातमा निर्वाचितलाई प्रमाणपत्र बितरण तथा शपथ ग्रहण र काङ्ग्रेस पार्टी कार्यालयमा नव निर्वाचित वडा अध्यक्षलाई बधाई कार्यक्रम राखिएको थियो ।

दुबै कार्यक्रम दिउसो ३ बजे थिए, कता पहिला जाने भनेर एक छिन त अलमल परे उनले, त्यसपछि सोचेर निर्णय लिए ।
महाकाली यातायातको शपथ ग्रहण केही ढिलो हुने भएपछि उनी काँग्रेस पार्टी कार्यालय गएका थिए ।

महाकाली यातायातमा सदस्य निर्वाचित हुन दुई दिन अघि काँग्रेस भीमदत्त नगरपालिका १ वडा सभापति निर्विरोध भएका थिए ।

भण्डारी एक दशक अघि काँग्रेस क्रियाशिन सदस्य भएका थिए । काँग्रेस सदस्य भएका उनी यस पटक १५ औ महाधिवेशनबाट पार्टी राजनीतिमा आएका छन् । पहिलो पटक भण्डारीले काँग्रेस वडा नेतृत्व गरेका छन् ।

नयाँ संविधान जारी भएपछि २०७४ र २०७९ भएको स्थानीय तह निर्वाचनमा काँग्रेसले लगातार १ नम्बर वडा जितेको छ । त्यही वडाको पार्टी नेतृत्व भण्डारीले पाएका छन् ।

‘सबै साथी भाइले भनेपछि वडा सभापति भएको छ’ उनले भने, ‘सके जति पार्टीलाई अझै बलियो बनाएर लैजान्छु ।’

काँग्रेस वडा राजनीतिमा आएका भण्डारी यातायात व्यवसायी भएर महाकाली यातायात बहुउद्देश्यीय कम्पनीको सदस्य निर्वाचिंत भएका हुन् ।

भण्डारीले भाग्यले सदस्य पाएका छ्न । निर्वाचनमा भण्डारी र अर्का उम्मेदवार बलराम पन्तको समान १ सय ८२ मत आएको थियो ।

dirghayi clinic

दुबैको बराबर मत आएपछि के गर्ने भनेर विभिन्न विकल्पमा छ्लफल गरिएको थियो । आधा आधा कार्यकाल बाड्ने, गोला प्रथा गर्ने र एकले अर्कोलाई समर्थन गर्ने बिकल्प अघि सारिएका थिए ।

प्रतिस्पर्धी पन्तले भण्डारीलाई समर्थन गरि दिए । भण्डारी सदस्य निर्वाचित घोषणा गरिए । ‘वहाँले मलाई बिश्वास गरी समर्थन गर्न भयो, धन्यवाद दिन चाहन्छु’ भण्डारीले भने ।

भण्डारीलाई सदस्यमा समर्थन गरी बाहिर बसेका पन्त दुई बर्ष अघि पदाधिकारीमा सबै भन्दा बढी मत ल्याएर तत्कालीन महाकाली यातायात समितिको कोषाध्यक्षमा निर्वाचित भएका थिए ।

महाकाली यातायातमा शान्त र भद्र व्यक्तित्व भएका युवा व्यवासायीका रुपमा पन्त परिचित छन् । ‘हामी दुई जनाको बराबर मत आएको थियो, मैले भण्डारीज्यूलाई समर्थन गरे’ उनले भने ।

दुई बर्ष अघि २०८१ तत्कालीन समितिको निर्वाचन भएको थियो । भण्डारी त्यति बेला सदस्यमा पराजित भएका थिए । सर्वोच्च अदालतले समिति नविकरण गर्न सरकारलाई निर्देशन दिएपछि समितिको निर्वाचन भएको थियो ।

सर्वोच्चको आदेश अनुसार सरकारले नविकरण गराउन चासो नदेखाएपछि अहिले बिशेष साधारण सभा गरी कम्पनीको निर्वाचन गरिएको छ ।

निर्वाचनवाट अध्यक्ष र १० जना संचालक निर्वाचित भएका छन् ।

अध्यक्षमा नबिन भट्ट निर्वाचित भएका छ्न । अध्यक्षमा भट्ट र बिष्णु कडेलबीच प्रतिस्पर्धा भएको थियो ।

भट्टले पाच मतले अध्यक्ष जितेका छ्न । यस अघि २९८१ मा भट्ट निवर्तमान अध्यक्ष डम्बर राज पन्तसित ११ मतले पराजित भएका थिए ।

त्यस अघि २०७४ मा पनि भट्ट पन्तसित अध्यक्षमा चुनाव हारेका थिए । २०७१ मा उनी समिति अध्यक्षमा पहिलो पटक निर्वाचित भएका थिए ।

कम्पनी सदस्यमा धिरेन्द्र चन्द, खगेन्द्र भट्ट, पुस्कर राज जोशी, रमेश थापा, पदम भाट, देवराज जोशी, आनन्द राज जोशी, भवानी सिंह रावल, दिपक केसी र सुरेन्द्र भण्डारी सदस्य निर्वाचित भएका छन् ।

निर्वाचनना अध्यक्ष सहित १९ उम्मेदवार प्रतिस्पर्धामा थिए । भदौ दोस्रो साता हुने निर्वाचन गौरा तीजका कारण सारिएको थियो । कम्पनीका ४ सय ३३ मतदातामध्ये ३ सयले मतदान गरेका थिए । 

Himal dental
सम्बन्धित
Loading...