

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ स्थित कञ्चन समाजको अध्यक्षमा सूर्य बहादुर चन्द चयन भएका छन् । समाजको २९ औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनबाट चन्द चन्द सर्वसम्मत अध्यक्ष भएका छन् । चन्द समितिका निवर्तमान उपाध्यक्ष हुन् ।
समितिको उपाध्यक्षमा लाल बहादुर सिंह, सचिव नितेश रावल, सह सचिवमा सुनिता सिंह र कोषाध्यक्षमा खड्क बिष्टलाई चयन भएका छन् । कोषाध्यक्ष विष्ट दोहोरिएका हुन् ।
समितिमा दुर्गा जोशी, लक्ष्मी धामी, गीता जोशी, नवराज भट्ट, सन्तोष नेपाली, रोहित लेखक र अनुराग चन्द चयन भएका छन् । साधारण सभा उद्घाटनपछि बन्द सत्रबाट नयाँ समिति चयन गरिएको छ ।
बन्द सत्रमा हरक सिह धामीलाई प्रमुख निर्वाचन अधिकृत चयन गरी नयाँ समिति चयन प्रक्रिया सुरु गरिएको थियो ।

समाजका निवर्तमान अध्यक्ष धर्मराज जोशीको अध्यक्षतामा गरिएको उद्घाटन सत्रमा समाजका पूर्व अध्यक्ष सुरेश रावल प्रमुख अतिथि थिए ।
कार्यक्रममा निवर्तमान सचिव लक्ष्मण बहादुर सिहले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा भीमदत्त नगरपालिका ६ का वडा अध्यक्ष प्रकाश चन्द विशिष्ठ अतिथि थिए ।
कार्यक्रममा कञ्चनपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष जङ्ग बहादुर मल्ल, कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्द, कञ्चनपुर जिल्ला भलिबल संघका पूर्व अध्यक्ष मोहन थापा, शारदा संस्कृत विद्यापिठका सह प्राध्यापक श्याम सुन्दर ढकाल, भीमदत्त ६ का पूर्व अध्यक्ष हरक सिंह धामी, राम लिला समिति कञ्चनपुरका अध्यक्ष समर जंग बहादुर चन्द लगायत कार्यक्रममा सहभागी भएका छन् ।
कार्यक्रममा भीमदत्त नगरपालिका ६ का विभिन्न खेलका खेलाडीलाई नगद सहित सम्मान गरिएको छ । क्रिकेट खेलाडी हेमन्त धामी, भलिबल खेलाडी पुनम चन्द र क्रिकेटका आकाश चन्दलाई सम्मान गरिएको छ ।
समाजले विगतदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीलाई सम्मान गर्दै आएको छ ।
उद्घाटन कार्यक्रममा निवर्तमान समितिका सदस्य नितेश रावलले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए ।
