ghar sansar

दोधारा चाँदनीमा विपद् व्यवस्थापन समितिलाई पूर्व तयारी सम्बन्धी अभिमुखिकरण

little buddha academy
khasi

दोधारा । समुदायमा आधारित विपद् व्यस्थापन समितिलाई पूर्वनुमानमा आधारित विपद् पूर्व तयारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम दोधारा चाँदनी नगरपालिकामा सम्पन्न भएको छ ।

दोधारा चाँदनी नगरपालिका कार्यालयको आयोजना र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसीए नेपालको सहकार्यमा दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा समुदायमा आधारित विपद् व्यस्थापन समितिलाई पूर्वनुमानमा आधारित विपद् पूर्व तयारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

,orning glory badhai

कार्यक्रममा नगरपालिकाका उप प्रमुख गंगा देबी जोशी, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का राजकुमार सुनार, प्राविधिक गणेश ठगुन्न्ना, दोधारा चाँदनी नगरपालिका कार्यालयका विपद् फोकल पर्सन रघुनाथ भट्ट, निड्स नेपाल कञ्चनपुरका ईश्वर उपाध्याय, सुनिल सेठ्ठी, भावना जोशी लगायत समुदायमा आधारित विपद् व्यस्थापन समितिका सदस्य सहभागी भए ।

dirghayi clinic

विपद् आएको बेला समुदायमा आधारित विपद् व्यस्थापन समितिको भूमिका महत्वपूर्ण हुने भएकाले समितिलाई अझ सशक्त तथा क्रियाशिल बनाएर लैजानु पर्ने उप मेयर गंगा देबी जोशीले जोड दिइन् ।

गत कार्तिक महिना आएको विनाशकारी बाढीको कारण दोधारा चाँदनी नगरपालिका ८, र १० नम्बर वडा सबैभन्दा बढी प्रभावित भएको उल्लेख गर्दै उनले बाढी आएको बेला समुदायमा आधारित विपद् व्यस्थापन समितिको कार्य प्रशंसा गरिन् ।

कार्यक्रममा विभिन्न वडामा छरिए्र रहेका १३ वटा समुदायमा आधारित विपद् व्यस्थापन समितिका ५२ जना प्रतिनिधि सहभागी भएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का राजकुमार सुनारले बताए ।

व्यस्थापन समितिका प्रतिनिधिले आ–आफ्नो समुदायका भावी योजना, समस्या, कार्यदलको अवस्था तथा उद्धार सामग्रीको अवस्थाको बारेमा छलफल चलाएका थिए । समितिलाई आगामी दिनमा नगरपालिका कार्यालयको मातहतमा सञ्चालन गर्ने तयारी समेत भईरहेको जानकारी दिइएको छ ।

वर्षातको समय भएको हुँदा जुनसुकै बेलामा समेत महाकाली नदी र जगबुडा नदीमा बाढी आउन सक्ने भएकाले व्यवस्थापन समिति सर्तक रहन तथा उद्धार कार्यदललाई तयारी अवस्थामा राख्न समेत कार्यक्रममा जानकारी गराईएको छ ।

Himal dental
सम्बन्धित
Loading...