

महेन्द्रनगर । कृष्णपुर नगरपालिका २ स्थित बाणीबाट काठ बरामद गरिएको छ । बाणीमा ट्रयाक्टरमा लोड गरिएको अवस्थामा काठ बरामद गरिएको छ ।
प्रहरीले नियन्त्रणमा लिएको ट्रयाक्टरमा ६ थान गोलिया भेटिएका छन् ।

अहिले इलाका प्रहरी कार्यालय गुलरियाको प्रहरी टोलीले बरामद काठको मुचुल्का तयार गरि रहेको प्रत्यक्षदर्शीले बताए ।
बरामद काठ आवादीको भएको प्रारम्भिक जानकारी बाहिर आएको छ ।
इलाका प्रहरी कार्यालय गुलरियाका इन्चार्ज प्रहरी नायब निरीक्षक सई बिसन भट्टले बाणीमा काठ बरामद गरिएको बताए ।
