ghar sansar

संसदमा एमाले साँसद भट्टले भने– सिँचाई नहर सर्भे गरिएको स्थान सहर भयो, समस्या आउन सक्छ

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमालेका साँसद डा. दिपक प्रकश भट्टले महाकाली सिँचाई आयोजना तेस्रो चरण अन्र्तगत नहरका शाखा उपशाखा बनाउन समस्या आउन सक्ने भन्दै सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

dirghayi clinic

बुधबार संसद बैठकको शुन्य समयमा साँसद भट्टले एकीकृत महाकाली सन्धि अनुसार गरिएको सर्भेका आधारमा अहिले नहरका शाखा र उप शाखा बनाउन वासिन्दा आक्रोशित हुन पुगेकाले सिँचाई मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

,orning glory badhai

‘१९९६ मा गरिएको सन्धि अनुसार सर्भे गरियो, त्यो सर्भे गरिएको स्थानमा अहिले अर्बान सहर बसि सकेको छ’ साँसद भट्टले भने,‘त्यस सर्भे अनुसार शाखा उपशाखा त्यहाँ बनाउँदा समस्या हुन्छ, म सम्बन्धित मन्त्रालयको यसमा ध्यानाकर्षण गराउन चाहन्छु ।’

साँसद भट्टले नहर सर्भे हुँदा र अहिलेको जनसंख्या दोब्बर बढेर सहरीकरण भएको उल्लेख गरे ।

Himal dental
सम्बन्धित
Loading...