ghar sansar

नाइ संघले पनि बुझायो उप मेयरलाई ज्ञापन, अनाधिकृत व्यवसाय बन्द गराउन माग

little buddha academy
khasi

महेन्द्रनगर । नेपाल नाई संघ कञ्चनपुरले सोमबार भीमदत्त नगरपालिकामा ज्ञापन पत्र बुझाउँदै महेन्द्रनगर बजार क्षेत्र सहित नगरपालिका क्षेत्रमा गैर कानुनी रुपमा धन्दा चलाउने व्यवसायीमाथि कारवाही गर्न माग गरेको छ ।

नेपाल नाई संघ कञ्चनपुरका अध्यक्ष राम सोगारथ ठाकुरले महेन्द्रनगर बजारमा भारतीय नागरिक सहितले अनाधिकृत रुपमा नाई व्यवसायीका नाममा गैर कानुनी धन्दा चलाएको भन्दै रोक्नु पर्ने माग अघि सारेर पालिकामा ज्ञापन पत्र बुझाएको बताए ।

,orning glory badhai
dirghayi clinic

नाई संघमा गैर कानुनी धन्दा चलेको भन्दै रोक्न नसके विकृति बढ्ने बताए । नाई संघ कञ्चनपुरका अध्यक्ष ठाकुरले भीमदत्त नगरका उपप्रमुख निलम लेखक(जोशी)लाई ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्रमा नगरपालिकाको निश्चित मापदण्ड बनाएर कानुनी दायरमा ल्याउनु पर्ने, कपाल काट्ने व्यवसायीलाई अनिवार्य करको दायरमा ल्याउने, नाई पसलमा आधारभूत सरसफाई व्यवस्थापन गर्नुपर्ने, नाई पसलमा अनिवार्य दररेट राख्नु पर्ने, नगरपालिकाबाट हरेक महिना अनिवार्य अनुगमन गर्नुपर्ने माग अघि सारेका छन् ।

उप प्रमुख लेखकले नाई व्यवसायमा देखिएका विकृति, विसङगति रोक्नका लागि पहल गरिने प्रतिबद्धता जाहेर गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...