ghar sansar

बेलडाँडीमा रोक्न थालियो बेथिति, चौतर्फी दबाव अस्वीकार गर्दै रोजगार सहायक पूर्ति प्रक्रिया फेरि थालिने

khasi

महेन्द्रनगर । बेलडाँडी गाउँपालिकाले अनावश्यक दबाव र भनसुन गरी हुने कार्यमा लगाम लगाएर कानुनी व्यवस्थाका आधारमा कार्यालयलाई चलाउन थालेको छ । अघिल्लो कार्यकालमा गाउँपालिका अध्यक्ष र कार्यालय प्रमुखलाई अनावश्यक दबावमा राखेर धेरैले कार्यालयबाट व्यक्तिगत फाईदा लिएका छन् ।

गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले पदभार सम्हालेपछि अघिल्लो कार्यकालका कानुन विपरित दबावमा गरिएका सबै कार्य रोक्ने प्रतिवद्धता गरेका थिए । तीन महिनामै अध्यक्ष रानाले कर्मचारी नियुक्तिबाट कार्यालयलाई कानुनी व्यवस्थाका आधारमा चलाउने खोजेको पुष्टि गरि दिएका छन् ।

गाउँपालिकाको रोजगार सहायक पदमा चौतर्फी आएका दबावलाई अस्वीकार गरी कार्यालयले पुनः सूचना गरी नयाँ प्रक्रियामा थाल्ने निर्णय लिएको छ । कार्यालयले मंगलबार लिखित र प्रयोगात्मक परीक्षामा कुनै पनि उम्मेवार उत्तीर्ण नभएको सूचना सार्वजनिक गरेको छ ।

dirghayi clinic

‘यो सूचना खुलेपछि आफ्ना राख्नलाई धेरैबाट दबाव आएको थियो, लिखित र प्रयोगात्मक परीक्षामा आएका अंकका आधारमा नतिजा बाहिर आएको हो, दबावका आधारमा गर्दा पनि हुने थियो, त्यसलाई वास्ता गरिएन, परीक्षामा पाएका अंकको आधार हेर्दा कोही पनि उत्तीर्ण भएन’ कार्यालयका एक कर्मचारीले भने,‘फेयर हुँदा यस्तै त हुने हो, सोर्सफोर्स मानेको भए त कोही न कोही भइ हाल्थो नि ।’

गाउँपालिकाले श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रोजगार सहायक, प्राविधिक सहायक र अमिनका लागि विज्ञापन आव्हान गरेको थियो । त्यसमध्ये रोजगार सहायक पदपूर्ति सम्बन्धी मापदण्ड ०७८ अनुसार रोजागर सहायकमा सर्ट लिस्टमा परेका १० जना छनौट गरी लिखित परीक्षा लिइएको थियो । त्यसपछि लिखित र प्रयोगात्मक परीक्षा गरी भदौ १४ गते नतिजा प्रकाशन गरिएको थियो ।

गाउँपालिकाको पदपूर्ति समितिका अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीले भदौँ १२ र १३ गते सम्पन्न भएको लिखित र प्रयोगात्मक परीक्षको मूल्याङन गर्दा स्थानीय तहमा प्राविधिक सहायक र रोजगार सहायक पदपूर्ति सम्बन्धी मापदण्ड २०७८ को दफा ७ को उपदफा ४ को आधारमा अन्तिम नजिता प्रकाशन भन्दै सार्वजनिक सूचनामा कुनै पनि उम्मेदवार सफल हुन नसको उल्लेख गरिएको छ ।

कार्यालय प्रमुख जोशीले ४० प्रतिशत अंक ल्याउन नसकेपछि मापदण्डका आधारमा उम्मेदवारले न्यूनतम अंक ल्याउन नसकेपछि स्थगित गरिएको बताए । ‘तोकिएको मापदण्ड अनुरुप कसैले पनि अंक प्रतिशत ल्याउन सकेनन, ‘उनले भने, ‘पदपूर्तिका लागि पुन सूचना प्रकाशित गरेर पदपूर्ति गछौँ ।’ कार्यालले बिहीबार ७ दिनको सूचना गरी फेरि पदपूर्ति गर्ने तयारी अघि बढाएको छ ।
गाउँपालिकामा रोजगार सहायकका लागि ४१ जनाले निवेदन दिएका थिए ।

 

 

Himal dental
सम्बन्धित
Loading...