ghar sansar

सत्तारुढपछि प्रतिपक्षी दलका साँसदले पनि गरे सिडिओसित छलफल

khasi

महेन्द्रनगर । सत्तारुढ रास्वपा साँसद ज्ञानेन्द्र सिंह महतापछि एमाले सांसद तथा पार्टीका कञ्चनपुर इन्चार्ज कृपाराम रानाले पनि जिल्ला फर्केपछि प्रमुख जिल्ला अधिकारी (सिडिओ) सित छलफल गर्न सुरु गरेका छन् ।

फागुन २१ गतेको निर्वाचनमा कञ्चनपुर ३ बाट निर्वाचित भएपछि साँसद महताले निर्वाचन क्षेत्रमा हुँदा पटक पटक सिडिओसित छलफल गर्दै आएका छन् ।

अहिले साँसद महता संसद बैठकका लागि काठमाडौंमा छन् । उनी काठमाडौंमा भएका बेला एमाले साँसद रानाले आइतबार प्रमुख जिल्ला अधिकारी मदन कोइरालासित जिल्लाका विभिन्न समस्याबारे छलफल गरेका छन् ।

dirghayi clinic

सार्वजनिक विदाका दिन प्रशासन कार्यालयमा चाड पर्वमा हुने कालो बजारी, कृत्रिम अभाव, मूल्यवृद्धि, खाना पकाउने एलपी ग्याँस तथा मलखादको आपूर्ति, महाकाली सिँचाइ आयोजना तेस्रो चरण मुआब्जा वितरण, विपद् व्यवस्थापन र सीमा समस्या लगायतका विषयमा छलफल गरिएको छ ।

छलफलमा रानाले जतालाई मार्का नहुने गरी सबै समस्याको समाधान खोज्न पर्नेमा जोड दिए ।

कार्यक्रममा उनले आपूmले संसद बैठकमा जिल्लामा विभिन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराएको उल्लेख गरे ।

छलफलमा एमाले केन्द्रीय लेखा आयोगका सचिव ईश्वरी प्रसाद खरेल, एमाले कञ्चनपुर सचिव पल्लवराज भट्ट, उप सचिव राजीव खड्का लगायत नेता सहभागी भए ।

प्रमुख जिल्ला अधिकारी कोइरालाले जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहलाई थप सहज, प्रभावकारी र नागरिकमैत्री बनाउने गरी काम भइरहेको जानकारी दिए। उनले जनतालाई प्रशासनिक सेवा लिन कठिनाइ नहोस् भन्ने उद्देश्यले कार्यालयको सेवा व्यवस्थापन तथा समन्वयमा आवश्यक सुधार गर्दै आएको बताए।

Himal dental
सम्बन्धित
Loading...