ghar sansar

कञ्चनपुर ३ मा टिकटका लागि काँग्रेसभित्र लेखकसित चार प्रतिस्पर्धी, प्रदेश सभामा जोशीले फेरि गरे दावी

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखक सहित चार जनाले उम्मेदवारीमा दावी गरेका छन् । उनीहरुले बुधबार काँग्रेस क्षेत्रीय समितिमा प्रत्यक्ष चुानव लड्नका लागि दावी राखेका छन् ।

काँग्रेस क्षेत्रीय समितिले बुधबार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका आकाँक्षीको नामावली मागेको हो । त्यस अनुसार प्रतिनिधि सभा र प्रदेशको प्रत्यक्ष र समानुपातिक दुबैका लागि नामावली संकलन गरिएको छ ।

,orning glory badhai

प्रतिनिधि सभा सदस्यमा लेखक सहित प्रेम बहादुर विष्ट, गणेह सिह नेगी, नारायण दत्त भट्टले आकाँक्षा राखेका छन् । प्रतिनिधि सभा सदस्यको समानुपातिकमा पूर्व मन्त्री तारणीदत्त चटौत, तारादत्त अवस्थी, नरेन्द्र सिह भण्डारी, अन्तराम भट्ट, तारादेवी भट्ट, कमला गिरी, प्रमिला जैरु, रविता शाही(देउवा),बिर बहादुर सुनार, गोकर्ण चन्द, मन्सा डगौरा आकाँक्षी देखिएका छन् ।

dirghayi clinic

उनीहरुमध्ये तारादेवी भट्ट काँग्रेसबाट राष्ट्रिय सभा सदस्य भई सकेकी छन् । दोधारा चाँदनीका सुनार निवर्तमान मेयर हुन् ।

प्रदेश सभा क्षेत्र ३ मा यज्ञराज जोशी, ईश्वरी प्रशाद जोशी, कमलराज चटौत, दिपेन्द्र रावल, कृष्णलत्त पनेरु, गोपाल सिह भण्डारी, गोकुलराज जोशी, माधव प्रशाद भट्ट, शंकर चन्द, दिपक बहादुर सिह, खगेश्वर बोहरा, बिर्ख बहादुर मल्ल र यज्ञराज चटौतले प्रत्यक्ष चुनाव लड्नका लागि दावेदारी पेश गरेका छन् । जोशी अघिल्लो निर्वाचनमा लडेर पराजित भएका थिए ।

प्रदेश सभामा समानुपातिकतर्फ यज्ञराज जोशी, दिवाकर पाण्डेय, रमेश दयाल, यज्ञराज चटौत, गणेश सिह नेगी, गौराज बहादुर लिम्बु, रामसोगराथ ठाकुर, गणेश भट्ट, उदयप्रकाश साउद, हरिहर परियार, दुर्गा प्रशाद जोशी, शंकर चन्द, नवराज भट्ट, कृष्ण प्रशाद पाठक, कृष्ण बहादुर कुँवर, मधुदेवी भारती, माया देवी भट्ट, सुनिला ठाकुर, पशुपति थापामगर आकाँक्षी छन् ।

नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नं. ३ का क्षेत्रीय सभापति केशव चन्दले क्षेत्रीय समितिमा उम्मेदवारहरुले इच्छा राखेको बताए । ‘इच्छा राखेका छन्, दर्ता हुने क्रममा छन्’ उनले भने,‘समितिको बैठक बसेर उम्मेदवार चयन गरी जिल्लामा पठाउँछौ ।

Himal dental
सम्बन्धित
Loading...