
भीमदत्त १३ नम्बर बडैपुरको सिद्धनाथ माविमा एक करोड बढी लगानीमा ८ कोठ भवन बन्दै, भीमदत्तका उप मेयर जोशीले गरिन् शिलान्यास

महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ स्थित सिद्धनाथ माध्यमिक विद्यालय बडैपुरमा ८ कोठे भवन निर्माण कार्य सुरु भएको छ । भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीले भवन निर्माण कार्य शिलान्यास गरिन् ।
उप मेयर जोशीको प्रमुख आतिथ्ममा कार्यक्रम गरिएको छ । कार्यक्रममा भीमदत्त १३ का वडा अध्यक्ष राम बहादुर बोहरा विशिष्ठ अतिथि थिए ।

कार्यक्रममा उप प्रमुख जोशीले विद्यालयको आवश्यकताको आधारमा नयाँ भवन निर्माणको प्रयासले सफलता प्राप्त पाएको र आगामी दिनमा पनि विद्यालयलाई अन्य सहयोगका लागि आफु तयार रहेको बताइन ।

विद्यालष् व्यवस्थापन समितिका अध्यक्ष भट्टले ८ कोठे भवन निर्माण सम्पन्न भए पछि जीर्ण भवनमा बसेर पठनपाठन गर्नुपर्ने हाम्रो बाध्यता अत्य हुन्छ ।
निर्माण कार्यको सम्झौता अनुसार वि व्य स को जिम्मेवारी अनुगमन तथा रेखदेख भएकोले स्थानीय बुद्धिजीवी तथा अभिभावक वर्गबाट समेत गुणस्तरीय भवन निर्माणमा महत्त्वपूर्ण सल्लाह सुझाव एवं सहयोगको अपेक्षा गरेको बताए ।
प्रधानाध्यापक चन्दले एलर्डीएसीको १ करोड १० लाख र भीमदत्त नगरपालिकाको १० लाख आर्थिक सहयोगमा विद्यालयको भवन निर्माण कार्यको शुभारम्भ भएको बताए ।
कार्यक्रममा वडा सदस्य फुल पहरी परी,प्रधानाध्यापक जनक बहादुर चन्द,बिद्यालयका पूर्व अध्यक्ष राम बहादुर महता र निवर्तमान अध्यक्ष खेम राज पन्त,पूर्व प्रधानाध्यापक भक्त बहादुर महता,पूर्व र्व विद्यार्थी तथा रामशाह मा.वि तनहुँ मा कार्यरत शिक्षक बिरेन्द्र प्रसाद भट्ट लगायत व्यवस्थापन समिति सदस्य, शिक्षाक अभिवावक संघका सदस्य, शिक्षक,कर्मचारी ,अभिभावक, विद्यार्थी सहभागी सहभागी भएका छन् ।
एलडीएसीको सहयोगमा चोइस नेपाल र पेसवानको समन्वय र भीमदत्तको साझेदारीमा भवन निर्माण हुन लागेको हो ।
