ghar sansar

उम्मेदवारको टुङ्गो नलाग्दै दोधारा चाँदनीमा एमालेले खोल्यो चुनाव प्रचारका लागि सम्पर्क कार्यालय, टिकटका आकाँक्षी सहितका नेताहरु सहभागी

little buddha academy
khasi

दोधारा । नेकपा एमालेले दोधारा चाँदनी नगरपालिकामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सम्पर्क कार्यालय खोलेको छ ।

एमाले पोलिटब्युरो सदस्य एवम् सुदूरपश्चिम प्रदेश सह इन्चार्ज राजेन्द्र सिह रावल सहितको नेताहरुको उपस्थितिमा सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।

,orning glory badhai

निर्वाचनका लागि जिल्लाभर पार्टी सम्पर्क कार्यालय खोल्ने योजना अनुसार दोधारा चाँदनीका लागि हेल्थपोष्ट नजिक सम्पर्क कार्यालय खोलिएको एमाले नेताहरुले बताएका छन् ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सह इन्चार्ज रावल सहित कञ्चनपुर इन्चार्ज निरुदेवी पाल, सुदूरपश्चिम प्रदेश कमिटी सदस्य चिनी गिरी, जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट, जिल्ला सचिव कर्ण चन्द, एमाले दोधारा चाँदनी ईन्चार्ज राजिव खड्का, दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु, जिल्ला सचिवालय सदस्य गगन खत्री, खिमा चन्द, चन्द्र सिंह धामी, ओम बस्नेत, एमाले नगर अध्यक्ष हरिसिंह धनाडी लगायतका नेता कार्यकर्ता सहभागी भएका छन् ।

dirghayi clinic

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा स्थानीय तह निर्वाचनमा निर्वाचित मेयर लिम्बु सहित वडा अध्यक्षलाई सम्मान गरिएको छ ।

एमाले कञ्चनपुर जिल्ला सदस्य तथा एमाले दोधारा चाँदनी ईन्चार्ज राजिव खड्काले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी सम्पर्क कार्यालय स्थापना गर्ने योजना अनुसार कार्यालय खोलिएको जानकारी दिए ।

कञ्चनपुर ३ बाट इन्चार्ज पाल र निवर्तमान साँसद डा. दिपक प्रसाद भट्ट प्रतिनिधि सभा सदस्यका लागि सिफारिश गरिएका छन् । एमाले जिल्ला अध्यक्ष विष्ट प्रदेश सभा ख बाट टिकटका लागि सर्वसम्मत सिफारिश भएका छन् ।

एमाले केन्द्रीय कमिटीले टिकटको अन्तिम टुङ्गो लगाउन अघि नै दोधारा चाँदनीमा एमालेको सम्पर्क कार्यालय खोलिएको हो । एमाले नेताहरुका अनुसार कञ्चनपुर इन्चार्ज पाल आफूले टिकट पाउने निश्चित भएको भन्दै जिल्लाबाट प्रदेश कमिटीमा नाम सिफारिश भएपछि चुनावी प्रचारमा लागेकी छन् ।

एमालेका निवर्तमान साँसद डा. भट्ट पनि टिकट पाउने आशावादी छन् । अघिल्लो निर्वाचन जितेका उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट दिने आशा रहेको नेता कार्यकर्ता बताउँछन् ।

Himal dental
सम्बन्धित
Loading...