ghar sansar

दोधारा चाँदनीमा राप्रपाका नेता खत्री एमाले कार्यकर्ता भेलामा सहभागी

little buddha academy
khasi

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व साँसद इन्द्र बहादुर खत्री दोधारा चाँदनी नगरपालिकामा एमालेको कार्यकर्ता भेलामा सहभागी भएका छन् । कार्यकर्तामा भेलामा सहभागी खत्री सहित एमाले नेताले हात मिलाएर सामूहिक तस्बिर खिचाएका छन् ।

कञ्चनपुुर क्षेत्र नं. ३ मा एमाले राप्रपाबीच चुनावी तालमेल भएपछि उनी एमाले भोलमा सहभागी भएका छन् । दोधारा चाँदनी क्षेत्रका प्रभावशाली खत्री २०४२ मा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए । उनी त्यस अघि दुई पटक तत्कालिन चाँदनी गाविसको प्रधानपञ्च भएका थिए ।

,orning glory badhai
dirghayi clinic

राप्रपाले यस पटक उनलाई प्रदेश सभा सदस्यका लागि सिफारिश गरेको थियो । एमालेसित तालमेल भएपछि उनी चुनावी प्रचारमा सहभागी भएका छन् । राप्रपाबाट सिफारिश गरिए पनि उनी आफैंले चुनाव लड्न अनिच्छा देखाएका थिए ।

एमालेको कार्यकर्ता भेलामा सत्तारुढ गठबन्धन आवद्ध काँग्रेस र माओवादी केन्द्रका ९० भन्दा बढी नेता कार्यकर्ता पार्टी छाडेर प्रवेश गरेका छन् । उनीहरुलाई फूलमाला लगाई खादा ओढाएर सम्मान गरिएको छ ।

नगर स्तरी कार्यकर्ता भेलामा कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार निरुदेवी पाल, प्रदेश सभाका उम्मेदवार सुरेन्द्र बिष्ट, एमाले पोलिटब्युरो सदस्य राजेन्द्र सिह रावल, एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य चिनी गिरी, टोप बहादुर खत्री, जिल्ला सल्लाहकार परिषद् संयोजक हिरालाल थापा, दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, राप्रपाका नेता तथा पूर्व साँसद इन्द्र बहादुर खत्री, एमाले दोधारा चाँदनी नगर ईन्चार्ज राजिव खड्का, नगर अध्यक्ष हरिसिंह धनाडी, जिल्ला कमिटी सदस्य खिमा चन्द लगायत नेता कार्यकर्ता सहभागी भएका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी एमालेल दोधारा चाँदनी नगरपालिकामा नगर स्तरीय भेला आयोजना गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...