ghar sansar

कञ्चनपुर ३ मा तीन दशकपछि बढेर आए काँग्रेसका बागी, लेखकले सक्छन् त चुनौती झेल्न

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर क्षेत्र नं. ३ मा सत्ता गठबन्धनबाट काँग्रेस केन्द्रीय सदस्य रमेश लेखक चौथो पटक चुनावी मैदानमा आएका छन् । तीन पटक चुनाव लडेर दुई जितेका उनी फेरि साँसदका लागि चुनाव लडेका छन् । दुई पटक निर्वाचित भएका उनी समानुपातिक साँसद समेत भई सकेका छन् ।

काँग्रेस केन्द्रीय सदस्य पूर्व मन्त्री लेखकलाई यस पटक साँसद रोक्न काँग्रेसका दुई नेता उनी विरुद्ध चुनावी मैदानमा आएका छन् । काँग्रेस महाधिवेशन प्रतिनिधि दिपक बहादुर सिह र अधिकारकर्मी शारदा चन्द उनी विरुद्ध प्रतिनिधि सभा सदस्य उम्मेदवार भएका छन् ।

,orning glory badhai

अघिल्लो निर्वाचनसम्म लेखकका सहयोगी यी दुई नेता काँग्रेसको १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । उनीहरुमध्ये सिहले काँग्रेसमा बसेर उम्मेदवारी दिएका छन् । चन्दले भने केही समय अघि मात्रै काँग्रेस छाडेकी थिइन् । प्रधानमन्त्री शेर बहादुर देउवाले समेत चन्दलाई फोन गरी उम्मेदवारी फिर्ताका लागि आग्रह गरेका छन् ।

महाधिवेशन प्रतिनिधि सिहले उम्मेदवारी दर्तापछि काँग्रेसका सबै नेता उम्मेदवारी फिर्ता गराउन लागि परेका थिए । प्रतिनिधि सभा सदस्य उम्मेदवार लेखक बुधबारसम्म उनलाई फिर्ता गराउन आफै सक्रिय भएका थिए । काँग्रेस नेताहरुका अनुसार बुधबार लेखक उनीसित सात घण्टा बढी समय कुराकानी गरेका थिए ।

कञ्चनपुर ३ मा अढाई दशकदेखि चुनाव लड्दै आएका उनी विरुद्ध यस पटक काँग्रेस नेता बागी उम्मेदवार भएका हुन् । २०५६, २०७० र २०७४ मा उनी चुनाव लडि सकेका छन् । २०६४ मा चुनाव नडेपछि उनी समानुपातिक साँसद भएका थिए ।

‘अहिलेसम्म वहाँसित कोही पनि अर्को उम्मेदवार भएको थिएन, मैले पनि कोही उम्मेदवार भएको देखेन’ स्वतन्त्र उम्मेदवार सिहले भने,‘पार्टीले एकै व्यक्तिलाई टिकट दिएर लडाउने भएपछि अर्को मान्छे चुनाव मैदानमा आइ हाल्छ, अहिले भएको त्यहीं हो ।’

काँग्रेसमा २०४९ देखि सक्रिय उनी २०४८ देखिका सबै चुनावमा काँग्रेसलाई जिताउन लागेका छन् । यस पटक कञ्चनपुर ३ क बाट सिफारिश उनी प्रतिनिधि सभामा बागी उम्मेदवार भएका छन् । लेखक यस पटक दुई बागीको चुनौती सामना गरी चुना लड्नु पर्ने बाध्यतामा पुगेका छन् ।

dirghayi clinic

बहुदल पुनस्र्थापनपछि २०४८ देखि २०७९ सम्मका निर्वाचनमा लेखक सबैभन्दा बढी उम्मेदवार भएर चुनाव लडेका छन् । २०४८ मा तत्कालिन कञ्चनपुर क्षेत्र नं. २ बाट तारणी प्रसाद चटौत, त्यसपछि निर्वाचन क्षेत्र नं. ३ बाट २०५१ मा नारायण प्रकाश साउँद, २०५६ लेखक, २०६४ तत्कालिन क्षेत्र नं. ४ बाट मा शेर बहादुर देउवा, २०६५ मा यज्ञराज जोशी र त्यसपछिका सबै चुनाव लेखक लडेका छन् । उनीहरुमध्ये चटौत, देउवा र लेखक मात्रै निर्वाचित भएका छन् ।

चटौतले चुनाव जितेको तीन वर्ष भएको मध्यावधि निर्वाचनमा काँग्रेसका केन्द्रीय सदस्य साउँद चुनाव लडेर पराजित भएपछि उनी क्षेत्र छाडेर अन्य क्षेत्रबाट चुनाव लड्दै आएका छन् । अहिले उनी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्दै आएका छन् ।

काँग्रेस केन्द्रीय सदस्य साउँदले मध्यावधि निर्वाचनमा काँग्रेसका बागी मान बहादुर सुनार भन्दा कम मत पाएका थिए । बागी भन्दा कम मत पाएर लज्जास्पद हार भएपछि क्षेत्र छाड्न बाध्य भएका थिए ।

२०५१ को मध्यावधि निर्वाचनमा साउँद, लेखक र मान बहादुर सुनार टिकटका लागि आकाँक्षी थिए । काँग्रेसका तत्कालिन सुदूरपश्चिम प्रदेश कमाण्डर प्रधानमन्त्री देउवाले साउँदलाई टिकट दिएपछि लेखक असन्तुष्ट भएका थिए । साउँदलाई हराउन सुनारलाई बागी उम्मेदवार खडा गरेको आरोप नेता लेखकमाथि लागेको थियो ।

काँग्रेस छाडेर माओवादी केन्द्र आएका सुनारले अघिल्लो निर्वाचनमा चुनावी प्रचारका क्रममा उनले साउँदलाई हराउन आफूलाई बागी उम्मेदवार बनाएको बताएका थिए ।

सुनारलाई उम्मेदवार बनाउन राप्रपाका केन्द्रीय सदस्य तिर्थराज चटौतले प्रधानमन्त्री देउवासम्म पहल गरेका थिए । देउवाले सुनारलाई अस्वीकार गरेपछि चटौत फर्किएका थिए । काँग्रेस छाडेका चटौत अहिले राप्रपाको केन्द्रीय सदस्य छन् ।

मध्यावधि निर्वाचन पछि २८ वर्षमा कञ्चनपुर ३ मा काँग्रेसका उम्मेदवार बागी भएका छन् । मध्यावधिमा दोधारा चाँदनीबाट बागी पाएको काँग्रेस यस पटक भीमदत्तबाट बागी भएका छन् ।

काँग्रेसबाट बागी उम्मेदवार भएपछि पूर्व मन्त्री लेखक तनावमा परेको उनी निकट नेता कार्यकर्ता बताउँछन् । ‘पार्टीका नेता कार्यकर्ता आफू विरुद्ध लागेपछि चिन्तित हुनु स्वभाविक हो’ उनी निकट एक नेताले भने,‘तैपनि त्यति अप्ठेरो त हुँदैन ।’

अघिल्लो निर्वाचनमा एमालेका निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टसित पराजित लेखकका प्रतिस्पर्धी एमालेका निरुदेवी पाल छन् । उनी २०५६ मा संविधान सभा सदस्य उप निर्वाचन लडेकी थिइन् ।

Himal dental
सम्बन्धित
Loading...