ghar sansar

सत्ता गठबन्धनको लक्ष्य : कृष्णपुरमा देश बनाउन, भीमदत्तमा संविधान जोगाउन

little buddha academy
khasi

महेन्द्रनगर । सत्ता गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार चुनावी तालमेलमा आफैं अस्पष्ट देखिएका छन् । गठबन्धनका उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्र अनुसार चुनावी तालमेलबारे मतदातालाई प्रष्टीकरण दिन थालेका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार एनपी साउँद देश बनाउन चुनावी तालमेल गरिएको प्रष्टइकरण मतदातालाई दिने गरेका छन् । काँग्रेसका केन्द्रीय सदस्य साउँद सातौ पटक चुनावी मैदानमा छन् ।
काँग्रेसका अर्का केन्द्रीय सदस्य कञ्चनपुर ३ का उम्मेदवार रमेश लेखकले भने संविधान जोगाउन गठबन्धन गरिएको मतदातालाई प्रष्टीकरण दिएका छन् ।

,orning glory badhai

सत्ता गठबन्धनका प्रतिनिधि सभा सदस्यका उनीहरु दुबै काँग्रेसका नेता हुन् । लेखक चौथो पटक प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा छन् ।

कृष्णपुर नगरपालिका–२ मा शुक्रबार बिहान आयोजित चुनावी लक्षित कार्यक्रममा उम्मेदवार साउँदले भने, ‘गठबन्धनको उद्देश्य सरकार बनाउने होइन । हुन्थ्यो भने हामी चुनाव पछि संसदमा गएर यो गठबनधन गथ्र्यौं,’ नेता साउदले भने, ‘हाम्रो उद्देश्य देश बनाउने हो ।’

dirghayi clinic

यस अघि कृष्णपुरमा उनले एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार नर बहादुर धामीले केही गर्न नसकेको भन्दै आलोचना गरेपछि  विवादमा मुछिएका छन् ।

एमाले उम्मेदवार धामीले उनीमाथि अमेरिकन नागरिकता बोकेर भोट मागि रहेको आरोप लगाएका छन् । साउँदले चुनावी सभामा आफूबारे लागेको आरोपबारे केही बोलेको छैनन् । 

‘देश बनाउनका लागि अहिलेका गठबन्धनका सबै दलहरु एक ठाउँमा आएर सबैलाई एक ठाउँमा ल्याएर जनताबाट अनुमोदित भएर जनताको विश्वास जितेर स्थिर सरकार बनाउने लक्ष्यका साथ नेपाली कांग्रेस अगाडि बढेको छ,’ साउदले भने ।

कञ्चनपुर क्षेत्र नं. ३ का उम्मेदवार लेखकले केही दिन अघि भीमदत्त नगरपालिका १८ जनज्योती टोलमा सत्ता गठबन्धनको चुनावी कार्यक्रममा संविधान जोगाउन गठबन्धन गरिएको बताएका थिए ।

उनले दुर्ई दुई पटक संविधानको हत्या गरी आफू राजतन्त्र ल्याउने पार्टीसंग चुनावी गठबन्धन गर्ने र अनि राष्ट्रियताका मुद्दा उठान गर्ने दल काँग्रेस, माओवादीको गठबन्धन बिरुद्धमा भ्रम सृजना गरेको आरोप लगाएका थिए ।

Himal dental
सम्बन्धित
Loading...