ghar sansar

प्रधानमन्त्रीको गृह जिल्लामै चुनाव बहिस्कार गर्ने काँग्रेसको निर्णय

little buddha academy
khasi

महेन्द्रनगर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा वडा समितिले निर्वाचन बहिष्कार गरेको छ।

dirghayi clinic

भागेश्वर गाउँपालिका–५ को नेपाली कांग्रेसको वडा समितिले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको जनाएको छ ।

,orning glory badhai

वडाको समग्र विकासका लागि राखिएका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएकाले चुनाव बहिष्कार गर्ने र कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतले गरिएको वडा सभापति जंगबहादुर थापामगरले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

‘प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा वडा कमिटीले समग्र वडाको विकासको लागि राखेका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएको अवस्थामा चुना बहिष्कार गर्ने कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतबाट पारित गरिएको जानकारी गराइन्छ,’ थापामगरले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Himal dental
सम्बन्धित
Loading...