
कञ्चनपुर ३ क मा बल्ल खुल्यो सत्ता गठबन्धनको प्रदेश सम्पर्क कार्यालय, लेखक र भट्ट दुबै गाए एक अर्काको पार्टीको गुणगान


महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र ३ अन्र्तरगत भीमदत्त नगरपालिका ६ नम्बर वडामा बाम लोकतान्त्रिक गठबन्धनले प्रादेशिक निर्वाचन क्षेत्रीय कार्यालय उद्घाटन गरेको छ ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखक र प्रदेश सभा सदस्यका उम्मेदवार टेकेन्द्र प्रसाद भट्टले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखकले संविधानको रक्षादेखि स्थानीय विकास र सम्बृद्धिका लागि बाम लोकतान्त्रिक गठबन्धन जिताउनुको विकल्प नभएको बताए । उनले माओवादी र काँग्रेसबीच ऐतिहासिक राजनीतिक सहकार्य हुँदै आएको बताए ।

‘मुलुकमा १२ बुँदे सहमतिदेखि संविधान निर्माणसम्म माओवादी र काँग्रेसको नेतृत्वविच ऐतिहासिक सहकार्य भएको छ, ‘उनले भने, ‘विगतमा काँग्रेस सभापति स्व। गिरिजा प्रसाद कोईरला र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच १२ बुँदे सहमति भयो, ‘लेखकले भने, ‘अहिले माओवादी अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति शेर बहादुर देउवाविच संविधान जोगाउने सहकार्य भएको छ ।’
प्रदेश सभा सदस्यका उम्मेदवार भट्टले माओवादी, काँग्रेसविच भएको सहमति अनुरुप संविधानको रक्षा र प्रतिगमनबाट मुलुक बचाउनका लागि गठबन्धन भएको बताउँदै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउनका लागि वडा, टोल, घर घरमा खटिन आब्हान गरेका छन् ।
काँग्रेस केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार यज्ञराज जोशीले मुलुकको आवश्यकता अनुरुप गठबन्धन भएकाले कुनै हिचकिचाहट नमानेर बाम लोकतान्त्रिक गठबन्धनका उम्मेवारलाई मत दिनु पर्ने आग्रह गरे ।
कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन समिति क्षेत्र ३९क०का संयोजक पदमराज अवस्थी र सह संयोजक दिपक साउँदले आफ्नो निर्वाचन क्षेत्रमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउने प्रतिबद्धता जाहेर गरेका छन् ।
