ghar sansar

संविधान सभा सदस्य रानालाई दुई सभासद्को साथ, सभासद् नै प्रतिस्पर्धी

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ ख का प्रदेश सभा सदस्यका उम्मेदवार कृपाराम राना जिताउन संविधान सभा सदस्यद्वय कलसा महरा र दुर्गा खुना चुनावी प्रचारमा होमिएका छन् । संविधान सभा सदस्य भएका एमाले केन्द्रीय सदस्य एवम् कञ्चनपुर सह इन्चार्ज राना अहिले प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा छन् ।

संविधान सभा सदस्य राना जिताउन महरा र खुना दुबै पिपलाडीको खजुवामा गरिएको कार्यक्रममा सहभागी भएका छन् । प्रदेश सभा सदस्यका उम्मेदवार राना २०७० मा संविधान सभा सदस्य भएका हुन् ।

,orning glory badhai

खुना माओवादी केन्द्र र महरा मालेबाट संविधान सभा सदस्य भएका हुन् । अहिले उनीहरु दुबै जना एमाले भएर संविधान सभा सदस्य रानाको चुनावी प्रचारमा सक्रिय भएका छन् । महरा एमालेको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य छन् । खुना गत भदौमा मात्रै माओवादी केन्द्र छाडेर एमाले आएकी हुन् ।

संविधान सभा सदस्य रानाका प्रतिस्पर्धी सत्ता गठबन्धनका काँग्रेसका उम्मेदवार बहादुर सिह थापा पनि संविधान सभा सदस्य नै हुन् । भीमदत्त नगरपालिका ६ का थापा संविधान सभा सदस्य निर्वाचनदेखि २ नम्बरमा चुनाव लड्दै आएका छन् ।

dirghayi clinic

संविधान सभाका अर्का सदस्य टेकेन्द्र प्रसाद भट्ट कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ क आएर चुनावी मैदानमा होमिएका छन् । माओवादी केन्द्रका संविधान सभा सदस्य देबीलाल चौधरी टिकट खोसिएपछि चुनावी प्रचारमा छन् ।

पिपलाडीको खजुवामा गरिएको कार्यक्रममा संविधान सभा सदस्य सहित एमले केन्द्रीय सल्लाहकार सदस्य नन्दलाल चटौत लगायत नेता कार्यकर्ता सहभागी भएका छन् ।

कार्यक्रममा उम्मेदवार रानाले आफूले जनतालाई चिल्ला सपना नबाँड्ने बताएका छन् । ‘सत्ता गठबन्धन चिल्लो कुरा गरी विभिन्न सपनाहरु बाँडेर भोट मागि रहेको छ,’ उनले भने, ‘जे बोल्छु, जे बोल्छु, त्यो गरी पनि देखाउँछु,अरुका जस्तो चिल्लो सपना जनतालाई बाँडेर हिँड्दैन ।’
संविधान सभा सदस्य समेत रहेका रानाले आफ्ना कार्यकर्ता खुसी पार्ने कार्य नगर्ने प्रतिवद्धता उल्लेख गर्दै उनले जनताको चाहना अनुसार काम गर्ने बताए । उनले आफू संविधान सभा सदस्य हुँदा पिपलाडी स्वास्थ्य चौकीलाई एम्बुलेन्स उपलब्ध गराएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रको विकासमा सधैं ध्यान दिने बताए ।

उनले खजुवालाई सुन्दर बनाउने प्रतिवद्धता गर्दै आफू समस्याबारे जानकार भएकाले समाधानमा लाग्ने बताए । हात्ती नियन्त्रण,स्याली नदीले गर्ने बटान रोक्न,बाटोघाटो निर्माण गर्न लगायत अन्य समस्याहरुको समाधानकाक लागि आफुले भूमिका खेल्ने उनको भनाई थियो ।

यहाँका जनता जग्गा भएर पनि सुकुम्बासी जस्तै रहेको उल्लेख गर्दै प्रदेश सभा सदस्य उम्मेदवार रानाले लालपूर्जा वितरणका लागि पनि आफुले महत्वपूर्ण भूमिका खेल्ने बताए । आयोग गठन गरेर जनतालाई लालपूर्वा वितरण गर्न खोजिरहेका बेला देशी विदेशी शक्तिहरु मिलेर केपी ओली नेतृत्वको सरकार ढालेको उनले आरोप समेत लगाए ।

Himal dental
सम्बन्धित
Loading...