ghar sansar

सत्ता गठबन्धनमाथि खनिए एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य चटौत, भने–यो स्वार्थीहरुको जमघट हो, देश बचाउन सक्दैन

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्य नन्दलाल चटौतले सत्ता गठबन्धनलाई स्वार्थीहरुको जमघट भन्दै देश बचाउन नसक्ने बताएका छन् । उनले सबै जनताले गठबन्धनलाई पराजित गर्न सोच्नु पर्ने बेला आएकोमा जोड दिए ।

‘यो अपवित्र गठबन्धन हो, यो सब स्वार्थीहरुको गठबन्धन हो, यसबाट देश भलो हुँदैन, जनताको भलो हुँदैन, यहाँनेर हाम्रो जमिन पनि हो, हाम्रो नै हो पनि भन्न सकेको छैन’ बेलौरी नगरपालिका ६ भुराकोटमा एमालेको चुनावी कार्यक्रममा उनले भने,‘यो गठबन्धन देश बचाउन सक्दैन, स्वार्थीहरुको जमघट हो, पराजित गर्नु सोच्नु पर्ने बेला आएको छ ।’

,orning glory badhai

एमाले नेतृत्वको सरकारको पालामा देश विकासका काम थालिएको उल्लेख गर्दै उनले कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित एमाले उम्मेदवारले विकासका लागि कुनै कसर बाँकी नराख्ने चटौतले बताए ।

dirghayi clinic

‘एमाले राष्ट्र विकासको भावनाले काम गर्छ, राजनीति गर्छ, गाउँ घरको विकास हुनु पर्छ भन्नेमा सधै अडिग छ, गाउँ गाउँमा त्यति ठूलो संख्यामा स्वास्थ्य चौकी एकै पटक उघाटन गरियो, औद्योगिक क्षेत्र शिलान्यास गरिए, अहिले यो सरकार आएपछि सुरु गरिएका काम पनि रोकिएका छन् ।’

नेता चटौतले आफू २०५१ देखि निर्वाचन क्षेत्र नं. १ मा चुनाव लडेको उल्लेख गर्दै अहिले तामाङ्गले लडे पनि आफू नै चुनाव लडे जस्तो लागेको बताए ।

‘ २०५१ देखि म यस क्षेत्रमा चुनाव लडे, त्यो बेला जनताले मलाई राम्रो माने, त्यो बेला जनताले मलाई तपाई राम्रो भए पनि पार्टी ठिक भएन भन्थे, अहिले म राम्रो पार्टीमा छु’ उनले भने,‘म आएको पनि सोचेर सूर्यमा मतदान गरी जिताउनु होला ।’

कार्यक्रममा प्रतिनिधि सभा सदस्काय उम्मेदवार तारालामा तामाङ्ग, प्रदेश समानुपातिक साँसदद्वय कुलबीर चौधरी, सिटाली चौधरी, एमाले प्रदेश कमिटी सदस्य भवानी शंकर रेग्मी लगायतले मन्तव्य राखेका थिए ।

Himal dental
सम्बन्धित
Loading...