ghar sansar

देखिन थाल्यो देबीलालको टिकट खोसिएको असन्तुष्टि, पूर्व वडा अध्यक्ष चौधरीले छाडे माओवादी केन्द्र

little buddha academy
khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिका–६ का पूर्व वडा अध्यक्ष नथुराम चौधरीले सत्ता साझेदार माओवादी केन्द्र परित्यागको घोषणा गरेका छन् ।

२०७४ सालको स्थानीय तह चुनावमा नेकपा माओवादी केन्द्रको तर्फबाट ७८७ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका चौधरीले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत माओवादी केन्द्र छाडेर स्वतन्त्र भएको घोषणा गरेका हुन् ।

,orning glory badhai
dirghayi clinic

उनले अब दलीय आवद्धता त्यागेर स्वतन्त्र जीवनयापन गर्ने बताए । ‘पार्टीको कुनै पदमा थिएन्, चुनावमा समय पनि दिन नसक्ने भएकाले आबद्धता त्यागेर खेतीको काममा लाग्ने विचार गरे,’ उनले भने ।

कञ्चनपुर क्षेत्र २ को प्रदेशसभा (१) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका ओमबिक्रम भाट उम्मेदवार बनेका छन्। देवीलाल चौधरीले टिकटका लागि अन्तिम समयसम्म प्रयास गरेपनि पाएनन्। नथुरामले पार्टी त्याग्नुको कारण देवीलालले टिकट नपाउनुसँग जोडेर हेर्न थालिएको छ ।

Himal dental
सम्बन्धित
Loading...