

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रदेश सभा सदस्यका उम्मेदवार टेकेन्द्र प्रसाद भट्टले आफू सधैं जनताको साथ रहने बताएका छन् । भीमदत्त नगरपालिका ३ तिलकपुरमा गरिएको कार्यक्रममा उनले विगतमा पनि अहिले र भोलि पनि जनताकै साथमा रहने प्रतिवद्धता गरेका हुन् ।

उनले चुनाव जितेपछि अरु जसरी नहराउने बताएका छन् । यस क्षेत्रको विकास र समृद्धि गठबंधनले ल्याउने बताउँदै अत्यधिक मतले विजयी गराउन आग्रह गरेका छन ।

कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रदेश समानुपातिक उम्मेदवार यज्ञराज जोशीले संविधान जोगाउन सत्ता गठबन्धन जिताउनु पर्ने बताएका छन् ।
भीमदत्त नगरपालिका ३ तिकलपुरमा गरिएको कार्यक्रममा उनले संविधान रक्षा र सम्बृद्धिका लागि काम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउन आग्रह गरेका छन् ।

