ghar sansar

माओवादी केन्द्रको भीमदत्तका नगर उपाध्यक्ष जोशीले छाडे पार्टी, फेसबुकमा पार्टी परित्यागको घोषण गर्दै भने– अबदेखि म स्वतन्त्र भए

little buddha academy
khasi

महेन्द्रनगर । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको भीमदत्त नगर कमिटीका उपाध्यक्ष पूर्णानन्द जोशीले पार्टी परित्याग गरेका छन् । नगर उपाध्यक्ष जोशीले मंगलबार सामाजिक सञ्जाज फेसबुकबाट माओवादी केन्द्र परित्याग गरी स्वतन्त्र भएको घोषणा गरेका हुन् ।

‘अब मलाई अहिलेकै समयदेखि यो पार्टीको साधारण सदस्य नरहने गरी विदा गरी पाउँ भनि जिम्मेवार कमरेडज्यूलाई आग्रह गर्दै म मेरो सो इच्छाले रोजी अहिले देखि नै स्वतन्त्त भएको छु’ उनले फेसबुकमा भनेका छन्, ‘मेरा पुराना सहकर्मी साथीलाई धेरै धेरै मायाको साथ बस्नेछु भन्दै म स्वतन्त्र भए ।’

,orning glory badhai
dirghayi clinic

जोशीले आफू माओवादीमा सक्रिय भएर लागे पनि स्थानीय तह निर्वाचनमा एकल सिफारिश भएर पनि टिकट काटिएको असन्तुष्टि पोेखेका छन् । त्यस अघि २०७४ मा पनि जित्ने नेताले टिकट नपाएको उनको भनाई छ ।

माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्षलाई सम्बोधन गरी उनले पार्टी छाडेका छन् । उनले २०६४ को संविधान सभा र २०६५ को उप निर्वाचनमा कमल क्षेत्री र २०७० मा मोहन गिरीलाई जिताउन लागि परेको उल्लेख गरेकाछन् ।

‘२०७४ को स्थानिय निर्वाचन आयो त्यो बेला पनि चुनाव जित्ने व्यक्तिलाई टिकट दिइएन चुनाव हारियो, जित्ने वडाहरु पनि हातबाट गए, कुनै समीक्षा भएन’ उनले भनेका छन्,‘२०७९ को चुनाव आयो यो चुनावमा भिनपा ११ बाट एकल पुर्णानन्द जोशीको नाम सिफारिश भयो र जिल्लामा पुगि मनोनयनकै दिन ४ बजे गठबम्धन भयो, पुर्णानन्द हरायो हजुर हेर्दाहेर्दै प्रतिनिध सभा र प्रदेश सभाको चुनाव आयो वाम लोकतान्त्रिक गठबन्धन भयो यो बेला पनि टिकटको होडबाजी लाग्यो टिकट सबैले त पाउने होइन एक्लै नै पाउने हो पायो ।’

जोशीले चुनाव प्रचारप्रसार समितिमा सल्लाह नगरी बनाएको र डम्बर सिह कार्की डिकेलाई एकलौटी कारवाही गरिएकोमा असन्तुष्टि पोखेका छन् ।

Himal dental
सम्बन्धित
Loading...