ghar sansar

सत्ता गठबन्धन : हल्दुखालमा एकै मालाभित्र, दोधारा चाँदनीमा हात समातेर फोटो खिच्दैछ

khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा सत्ता गठबन्धनका उम्मेदवार एकै फूलमाला बेरिएका तस्बिर सार्वजनिक भएका छन् ।

भीमदत्त नगरपालिका ७ हल्दुखालमा गरिएको कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखक, प्रदेश सभा सदस्यका उम्मेदवार टेकेन्द्र प्रसाद भट्ट र प्रदेश सभाका समानुपातिक उम्मेदवार यज्ञराज जोशी एकै मालामा बेरिएका छन् ।

उनीहरुले एकै मालामा बेरिएर सत्ता गठबन्धन एकै ठाउँमा भएको मतदातालाई सन्देश दिन खोजेका छन् । कञ्चनपुर ३ क मा सत्ता गठबन्धनभित्र मित्रवत प्रतिस्पर्धा छ । एमाले राप्रपा गठबन्धन सहित बागी, मित्रवत प्रतिस्पर्धा र काँग्रेस माओवादीको आन्तरिक असन्तुष्टि सत्ता गठबन्धनका चुनौती बनेका छन् । सत्ता गठबन्धनका काँग्रेस माओवादी एक अर्काप्रति सबैभन्दा बढी सशंकित छन् ।

सत्ता गठबन्धन विरुद्ध काँग्रेस र समाजवादी दुबैका स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । काँग्रेसबाट कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी र समाजवादीबाट प्रकाश रावल र लोकबिक्रम थापा चुनावी मैदानमा छन् । थापा समाजवादीबाट टिकट नपाएपछि वागी भएर चुनावी मैदानमा आएका छन् ।

dirghayi clinic

प्रदेश सभा सदस्यको टिकट बाँडफाँटबाट बढेको असन्तुष्टि मिलाउन प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखकले गरेका सबै प्रयास असफल भएका छन् । ती प्रयास असफल भएपछि उनले तिनै उम्मेदवारलाई एकै माला बेरेर एक भएको सन्देश दिन खोजेका छन् ।

‘गठबन्धनभित्रको झगडाले बर्बाद हुने खतरा पहिलादेखि नै थियो, मिलाउने प्रयास सफल भएन, एकै मालामा बेरेर भए पनि एक ठाउँमा छौ भन्ने सन्देश दिन खोजिएको छ’ कार्यक्रममा सहभागी एक नेताले भने,‘मतदान नजिक आउँदा केही त नगरी भएन ।’

गठबन्धनका स्थानीय नेताका अनुसार उम्मेदवारले नेता कार्यकर्तालाई फूलको माला बनाउन लगाएर कार्यक्रममा एकै मालाभित्र बेर्न लगाएका हुन् । यस अघि उम्मेदवारले आफूहरुलाई स्वागत गर्न बाजागाजा बोलाएका थिए ।

कञ्चनपुर ३ मा सत्ता गठबन्धनका उम्मेदवार आ आफ्ना दलको आन्तरिक असन्तुष्टिले अप्ठेरोमा परेका छन् । काँग्रेसका महाधिवेशन प्रतिनिधि सहितका नेता बागी भएर चुनावी मैदानमा आएका छन् । चौथो निर्वाचन लडि रहेका लेखक पहिलो पटक बागी उम्मेदवारको सामना गरि रहेका छन् ।

प्रदेश सभा ख मा यस अघि लेखकले माओवादी केन्द्रका नेता मान बहादुर सुनार र प्रदेश सभा सदस्यका उम्मेदवार बेल बहादुर राना सहितको सामूहिक तस्बिर खिचेर सार्वजनिक गरेका छन् । सत्ता गठबन्धनमा अन्तिममा टिकट खोसिएपछि असन्तुष्ट सुनार आफूसित भएको सन्देश दिन तीनै जनाले हात उठाएर सामूहिक तस्बिर खिचेका छन् ।

भीनपा ७ हल्दुखालमा गरिएको कार्यक्रममा सत्ता गठबन्धनका उम्मेदवारले संविधान रक्षा, व्यवस्था जोगाउनेदेखि सम्बृद्धि ल्याउनेसम्मका वाचा गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...