ghar sansar

कैलाली काँग्रेसका सभापति भट्टले राना थारुलाई ठग भनेको भन्दै राना थारु समाज आक्रोशित, जातीय विभेद मुद्दामा कारवाही गर्न माग

little buddha academy
khasi

महेन्द्रनगर । आदिवासी जनजाति रानाथारु समुदायमाथि आँच आउने अभिव्यक्ति दिएको भन्दै नेपाली कांग्रेस कैलालीका जिल्ला सभापति नारायणदत्त भट्टलाई कारबाही गर्न नेपाल राना थारु समाजले माग गरेको छ ।

dirghayi clinic

समाजले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला सभापति भट्टलाई जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय नियमावली, २०७४ को समेत उलंघन गरेको भन्दै कारबाहीको माग गरिएको छ ।

,orning glory badhai

‘प्रतिनिधि सभा सदस्य उम्मेदवार नारदमुनि रानाको नामलाई लिएर राना थारुहरू ठग र तल्लो दर्जाको नागरिक हुन् । यस समुदायका मान्छेलाई भोट दिन हुन्न भन्ने आशयले दिएको अभिव्यक्तिले राना थारु समुदायको घोर अपमान मात्रै भएको छैन, जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय नियमावली, २०७४ को समेत उलङ्घन गरेको छ’ विज्ञप्तिमा भनिएको छ ‘नेपाली काँग्रेस कैलालीका जिम्मेवार नेताको यस्तो गैर जिम्मेवार, अराजनैतिक, गैर कानुनी र अराजक अभिव्यक्तिले राना थारु समुदायको स्वाभिमान माथि ठूलो आघात पुगेको छ ।

यस्ता द्वेषपूर्ण भावना सृजना गरी मिलेर बसेको समुदायबिच द्वन्द्व फैलाउने अवस्था पैदा गर्ने कार्यका विरुद्ध राज्यसँग कानुन बमोजिमको कारबाही गर्न समेत राना थारु समुदाय जोडदार माग गर्दछ ।’

Himal dental
सम्बन्धित
Loading...