ghar sansar

कञ्चनपुर १ मा विपक्षीको प्रचारबाटै अत्तालियो सत्ता गठबन्धन, भन्यो– भ्रम र प्रोपोगाण्डाका पछि नलागौ

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपरुर निर्वाचन क्षेत्र नं. १ मा सत्ता गठबन्धनको निर्वाचन परिचालन समितिका संयोजक र सह संयोजकले विज्ञप्ति सार्वजनिक गरी गठबन्धनमा भ्रम आउने गरी प्रचार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।

गठबन्धन बलियो हुँदै गरेको अवस्थामा केही हार स्वीकार गरेका दल, तिनका उम्मेदवार एव अन्य उम्मेदवारले गठबन्धन बिरुद्धमा अनेकन भ्रम सृजना गरेर दुष्प्रचारमा उत्रिएको भन्दै सजक हुन कार्यकर्ता, शुभचिन्तक जनतामा आव्हान गरेको छ ।

,orning glory badhai
dirghayi clinic

सोमबार बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ कञ्चनपुरले संयुक्त एक प्रेस विज्ञप्ती जारी गर्दै गठबन्धनमा फाँटो ल्याउने उद्देश्यका साथ भ्रम सृजना गरेर बदनियत पूर्वक गरिएको दुष्प्रचारप्रति भत्र्सना गरिएको छ । जनयुद्ध, दोस्रो जनआन्दोलन मुल मर्म विपरित कार्य गर्ने प्रतिगमन शक्तिलाई बल पुग्ने गरी दुष्प्रचार गरिएको भन्दै समयमै सजक हुन सचेत गराईएको छ ।

बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन क्षेत्र १ मुल परिचालन समितिका संयोजक लोकेन्द्र लम्साल, सह संयोजक गोपी प्रसाद उपाध्यायद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तिमा भ्रम, प्रपोगाण्डा चिर्दै गठबन्धन क्षेत्र १प्रतिनिधि सभा सदस्यका उम्मेदवार बिना मगर १(क) बन्धु राना र १(ख) दिवान सिह विष्टलाई भारी मतका साथ जिताउन आव्हान गरेको छ ।

क्षेत्र १ गठबन्धनका नेताहरुले आफु पराजित हुने अवस्थामा छटपटाईरहेका केही दल समुहका नेता कार्यकर्ता बलियो गठबन्धन बिरुद्धमा भ्रम सृजनादेखि नाथाभरीका भ्रमको खेती गरिरहेको जनाएका छन ।

Himal dental
सम्बन्धित
Loading...