ghar sansar

एमाले उम्मेदवार धामी भन्छन्– चुनाव जित्छौ, सत्ता गठबन्धन कागजी बाघ बाहेक केही होइन

khasi

महेन्द्रनगर । एमालेका केन्द्रीय सदस्य एवं निवर्तमान प्रतिनिधि सभा सदस्य नर बहादुर धामीले जनताको साथ र समर्थनका अगाडि सत्तारुढ गठबन्धनको केही नलाग्ने बताएका छन्।आम मतदाताले देखाएको माया,विश्वास,उत्साह र हौसलाले नै आफुहरुले चुनाव जित्ने उनले बताए ।

बुधवार नेकपा एमालेले शुक्लाफाँटा ११ स्थित कलुवापुरमा गरेको चुनावी भेलालाई सम्बोधन गर्दै उनले भने,“नेकपा एमालेको साथमा जनता छन् । हामी एक्लो छैनौ,जनताको माया,सद्भाव हामी माथि छ,चुनाव जित्छौँ,गठबन्धन केही पनि होइन,खाली कागजी टुक्रा हो,कागजी बाघ बाहेक अरु केही होइन ।”

कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका धामीले जनताको हरेक दुःख सुखमा आफूले सधैं साथ दिइरहेको बताउँदै फेरि पनि इमान्दारिताका साथ जनताकै काम गर्नका लागि आफू चुनावी मैदानमा आएको बताए ।

dirghayi clinic

उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा संसदबाट पास गरेकाले आगामी निर्वाचनमा एमालेलाई हराउन सत्तारुढ गठबन्धन लागिपरेको समेत बताए । मुलुकको स्वाधिनता संकटमा रहेको भन्दै यसको रक्षाका लागि जनता आफूहरूलाई मत दिएर जिताउनेमा विश्वस्त रहेको धामीको भनाई थियो ।

गठबन्धन सरकारको पहिलो निशाना भूमी आयोग बनेका कारण जनताले लालपूर्जा पाउन नसकेको पनि धामीले बताए । “भूमी आयोग गठन गरेर एमाले सरकारले जग्गाधनी पूर्जा दिने तयारी गर्दै थियो तर,हामीलाई जग्गाधनी पूर्जा दिन दिइएन,परमादेशबाट हाम्रो सरकार ढालियो ।” उनले आरक्षपिडीतको समस्या समाधानका लागि सुरेन्द्र बमको नेृत्वमा कार्यदल बनेको र त्यसले प्रति परिवार १० कठ्ठा जमिन दिने नभए ६० लाख रुपैयाँ दिने तयारी गर्दा एमालेको सरकार ढलेको समेत बताए ।

एमाले सर्वहारा वर्गको पार्टी रहेको बताउँदै धामीले आफु सांसद हुँदा शुक्लाफाँटा बहुप्राविधिक शिक्षालय स्थापना भएको बताए ।

शिक्षालय सञ्चालनमा ल्याउँदा गरीबका छोराछोरीले सुलभ शुल्कमा प्राविधिक शिक्षा अध्ययन गर्न पाइरहेका उनको भनाई थियो । प्राविधिक शिक्षालयमा चिकित्सा क्षेत्रका विषयहरू नर्सिङ, फार्मेसी, ल्याब टेक्निसियन थप गरेर युवा जनशक्तिलाई दक्ष बनाइने उनले बताए ।

सडक कालोपत्रे गर्ने, पुलपुलेसा बनाउने काम समेत गरिएको उनले बताए । प्राविधिक शिक्षालय खोल्न, विद्यालयमा भौतिक पूर्वाधार बनाउन, सडक र स्वास्थ्य चौकीमा पूर्वाधार थप गर्न पनि आफू नै निर्वाचित हुनुपरेको धामीको भनाई थियो ।

Himal dental
सम्बन्धित
Loading...