ghar sansar

सुरेन्द्र विष्ट : खैरभट्टी कुतियाकवर विकास मोडेल लिएर प्रदेश सभा सदस्यका चुनावी मैदानमा छन्, जो जहाँ लड्छन्, त्यहाँ जित्छन्

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ख मा नेकपा एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्ट उम्मेदवार छन् । उनीसंग सत्ता गठबन्धनका काँग्रेसका महाधिवेशन प्रतिनिधि बेल बहादुर राना सहित चार जना प्रतिस्पर्धा छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा स्थानीय तह २०७४ मा भीमदत्त नगरपालिकाको मेयर भई हाल प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा होमिएका छन् ।

उम्मेदवार विष्ट २०४७ सालदेखि सक्रिय राजनीतिमा लागेपछि कुनै पनि चुनावमा पराजित नभएको रेकर्ड बनाएका छन् । २०५३ मा उनी सिद्धनाथ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति निर्वाचित भएका थिए । त्यसपछि उनी निरन्तर चुनाव जित्दै आएका छन् ।

,orning glory badhai

dirghayi clinic

२०६६ सालमा नेकपा एमाले कञ्चनपुरको जिल्ला कमिटी उपसचिव तथा प्रचार विभाग प्रमुख बनेका विष्ट २०६९ सालमा नेकपा एमाले कञ्चनपुरको जिल्ला कमिटी सचिव तथा संगठन विभाग प्रमुख बनेका थिए । २०७४ सालमा उनी भीमदत्त नगरपालिकाको नगर प्रमुख (मेयर) निर्वाचित भएका थिए । २०७८ पुसमा भएको पार्टीको कञ्चनपुर जिल्ला अधिवेशनबाट विष्ट जिल्ला अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

कांग्रेसको प्रभाव क्षेत्र मानिएको भीमदत्त नगरपालिकामा मेयर निर्वाचित भइसकेका विष्टले आफूले मेयर हुँदा गरेका काम र विकास–निर्माण कार्यलाई देखाएर प्रचारप्रसार गरिरहेका छन् ।

विष्टले आफ्नो कार्यकालमा भीमदत्त नगरपालिका उत्कृष्ट भएको बताउँदै बाँकी रहेका काम पूरा गर्ने र दोधारा चाँदनीलाई विकासको अनुभूति गराउने प्रतिबद्धता जाहेर गरेका छन् ।

उनी खैरभट्टी कुतियाकवर विकास मोडेल लिएर चुनावी मैदानमा होमिएका हुन् । उनले २० बुँदे प्रतिवद्धता लगेर मतदातालाई मत मागेका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...