ghar sansar

बाजुरामा बबाल, मतपेटिकामा नै आगजनी

little buddha academy
khasi

महेन्द्रनगर । बाजुराको एक मतदान केन्द्रमा मतपेटिकामा आगजनी गरिएको छ । स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर १ स्थित भगवती आधारभूत विद्यालयको मतदान केन्द्रमा मतपेटिकामै आगजनी गरिएको हो ।

प्रहरीका अनुसार प्रदेश सभा समानुपातिक तर्फको क्षेत्र नम्बर (१) केन्द्रमा मतदान भइरहेको बेला मतपेटिकामा आगजनी भएको हो। कसले आगजनी ग¥यो भन्नेबारे भने प्रहरीले खुलाएको छैन ।

,orning glory badhai
dirghayi clinic

जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीका अनुसार मतपेटिकामा आगो लगाइएपछि सो मतदान केन्द्रमा अहिले मतदान कार्य रोकिएको छ।

बाजुरामा अहिलेसम्म ४५ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार जिल्लामा ४५ प्रतिशत मत खसेको हो। जिल्लाका ८३ हजार पाँच सय ६६ मतदाता रहेका छन् ।

जिल्लाका सबै मतदानस्थल तथा केन्द्रमा गरेर ३७ हजार ६ सय बढी मत खसेको जनाइएको छ । यस्तै जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीका अनुसार जिल्लाको खप्तडछेडेदह–१, त्रिवेणी–७ तथा स्वामिकार्तिक खाँपर ३ र ४ मा पुनः मतदान सुरु भएको छ ।

जिल्लाका विभिन्न मतदानस्थल तथा केन्द्रहरुमा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप हुँदा मतदान स्थगित भएको थियो।

Himal dental
सम्बन्धित
Loading...