

महेन्द्रनगर । कञ्चनपुरमा आज भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६२.६४ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत धु्रव शाहका अनुसार अहिले मतपेटिका संकलन गर्ने काम भइरहेको छ ।

‘१०÷११ बजेसम्म मत पेटिका बुझेपछि सर्वदलीय बैठक बस्छ,’ उनले भने, ‘सम्भव भए राति नै गर्छौ, नभए भोलि बिहान ८ बजेदेखि मतगणना हुन्छ ।’

प्रतिनिधि सभाका तीन क्षेत्र रहेको कञ्चनपुरमा कूल तीन लाख २ हजार ५०९ मतदाता रहेका छन् ।

