ghar sansar

एमाले केन्द्रीय सदस्य धामीले लगाए सत्ता गठबन्धनमाथि गम्भीर आरोप, भने– प्रहरीको गाडीमा बसेर मतदातालाई पैसा बाँडियो

little buddha academy
khasi

महेन्द्रनगर । एमाले केन्द्रीय सदस्य नर बहादुर धामीले सत्ता गठबन्धनले चुनाव जित्न राज्य संयन्त्र प्रयोग गरिएको आरोप लगाएका छन् । झलारीमा आइतबार गरिएको पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धनका उम्मेदवारले प्रहरीको गाडीमा बसेर मतदातालाई पैसा बाँडेको आरोप लगाएका हुन् ।

‘उम्मेदवार आर्फैं प्रहरीको गाडीमा बसेका छन्, स्केटिङ्ग गरी घुमाइएको छ’ उनले भने,‘त्यसरी गाडीमा बसेर पैसा बाँडिएको छ, राज्य संयन्त्रको दुरुपयोग भएको छ ।’

,orning glory badhai

शुक्लाफाँटा नगरपालिका ४ मा मतदातालाई बाँड्न लागिएका २ लाख ६० हजार बरामद गरिएको उल्लेख गर्दै उनले अन्य क्षेत्रमा मतदातालाई पैसा बाँडिएको उल्लेख गरे ।

dirghayi clinic

‘मौन अवधिमा गठबन्धनले १५ हजारलाई पैसा बाँडियो, ५ हजारका दरले पैसा बाँडिएको छ’ उनले भने,‘आर्थिक प्रभावमा पारी मतदातालाई मत हाल्न रोकियो ।’

एमालेले अघिल्लो कार्यकालमा ज्येष्ठ नागरिकलाई भत्ता वृद्धि, छेला औद्योगिक क्षेत्र शिलान्यास, शुक्लाफाँटा बहुप्राविधिक शिक्षालय सञ्चालन लगायतका काम जनतामा लगेर गएको उल्लेख गर्दै उनले निर्वाचनमा पार्टी पंक्ति अपेक्षित रुपमा चलायमान हुन नसकेकोमा असन्तुष्टि जनाए ।

‘पार्टी पंक्ति, पार्टीका नेता कार्यकर्ता, सिंगो पार्टी जसरी चलायनमाथि हुनु पर्ने थियो, गतिशिल हुनु पथ्र्यो, त्यसरी भएन’ उनले भने,‘हाम्रा पनि थुप्रै आन्तरिक कमीकमजोरी रहे ।’

अघिल्लो पटक साँसद हुँदा आफूले भूमि सम्बन्धी समस्या समाधान र आरक्ष पीडित समस्या समाधानका लागि काम अघि बढाए पनि सरकरा विघटनका कारण पूरा हुन नसकेको उनले बताए ।

Himal dental
सम्बन्धित
Loading...