ghar sansar

काँग्रेस संस्थापन इतर कञ्चनपुर अधिवेशन : निर्वाचन कार्यक्रम अघि बढ्यो, बढुवा हुन चाहन्छन १४ औं महाधिवेशनका निर्वाचित पदाधिकारी

khasi

महेन्द्रनगर । काँग्रेस संस्थापन इतरको १५ औं जिल्ला अधिवेशन अन्र्तगत शुक्रबार उम्मेदवारले मनोनयन दर्ता गर्ने भएका छन् ।

निर्वाचन समितिले बिहीबार मतदाताको अन्तिम नामावली सार्वजनिक गरी शुक्रबार बिहान १० बजेसम्म मतदाता नामावलीमा दावी विरोध र त्यसपछि ११ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता समय राखेको छ ।

ratnam

साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने निर्वाचन समितिले जारी सूचनामा उल्लेख गरिएको छ ।

बुधबार जिल्ला अधिवेशन उद्घाटन भएको थियो । उद्घाटन समारोहका प्रमुख अतिथि एनपी साउँद र विशिष्ठ अतिथि रमेश लेखकले सहमतिका आधारमा जिल्ला समिति चयन गर्न आग्रह गरेका थिए ।

१५ औं महाधिवेशन अन्र्तगत यस अघि वडादेखि क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि छनौट सबै सर्वसम्मत भएका छन् ।

उद्घाटन समारोहमा दुबै नेताले सहमति हुन नसके भने लोकतान्त्रिक प्रक्रियामा जान रोक्न नसकिने बताएका थिए ।
वडादेखि क्षेत्रीय अधिवेशनसम्म सर्वसम्मत भएकाले जिल्ला पनि सहमतिका आधारमा चयन गर्दा राम्रो हुने उनीहरुको भनाई थियो ।

निर्वाचन समितिले निर्वाचन कार्यक्रम सुरु गरेपछि नेताहरु आन्तरिक भेटघाट र छलफलमा व्यस्त भएका छन् ।

नेताहरुका अनुसार १४ आंै महाधिवेशनबाट निर्वाचित पदाधिकारीले माथिल्लो पदमा आकाँक्षा राखेका छन् । १४ औं महाधिवेशनबाट निर्वाचित उप सभापति हरिश चन्द्र राना र सह सचिव नाफू सिह साउँद बाहेक सबै अन्य पदाधिकारी संस्थापन इतरमा छन् ।

dirghayi clinic

्निर्वाचन समितिका सदस्य उमेश जोशीले मतदाता नामावली सार्वजनिक गरी निर्वाचन कार्यक्रम सुरु गरिएको र शुक्रबार उम्मेदवारको मनोनयन दर्ता गरिने बताए ।

निर्वाचन समितिका अनुसार सभापति एक, उप सभापति, सचिव र सह सचिव दुई दुई जना निर्वाचनबाट निर्वाचित हुने छन् ।

यसैगरी नगरपालिकाबाट एक महिला सहित ३ जना गरी २१ जना र गाउँपालिकाबाट एक महिला सहित २ जना गरी ४ जना सदस्य निर्वाचित हुने छन् ।

निर्वाचनबाट अपाङ्गता भएका व्यक्ति एक जना र १७ जना समावेशी सदस्य निर्वाचित हुने निर्वाचन समितिका संयोजक नरेन्द्र सिह भण्डारीले जानकारी दिए ।

निर्वाचन समितिका अनुसार समावेशी अन्र्तगत १८–२८ र ४० वर्ष मुनि उमेर समूहबाट वर्ष उमेर समूह एक महिला र एक पुरुष गरी २ जना निर्वाचित हुने छन् ।

समावेशी अन्र्तगत ४ महिला, खस आर्य ५ जना, थारु १ जना, मधेसी मुस्लिम १ जना, श्रमिक विज्ञ १ जना र द्वन्द्व पीडित, सहिद परिवार र प्रजातन्त्र सेनानी एक जना सदस्य हुने छन् ।

निर्वाचन समितिले उम्मेदवारको मनोनयन शुल्क पनि तोकेको छ । सभापति उम्मेदवारका लागि ५ हजार उम्मेदवारी शुल्क तोकिएको छ ।

यसैगरी उप सभापति र सचिवका लागि तीन हजार पाँच सय, सह सचिव तीन हजार र सदस्यका लागि एक हजार पाँच सय शुल्क तोकिएको छ ।

समितिले उम्मेदवारी शुल्क फिर्ता नहुने सूचना जारी गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...