ghar sansar

भाईसंग हारेका लेखकलाई अरुले सक्दैनन् हराउन

khasi

महेन्द्रनगर । अघिल्लो पटक आफन्तसित पराजित भएर संसद जान रोकिएका काँग्रेस केन्द्रीय सदस्य रमेश लेखक यस पटक फराकिलो मत अन्तरले विजयी भएका छन् । एमाले पोलिटब्युरो सदस्य निरुदेवी पाललाई हराउँदै उनी निर्वाचित भएर तीन सहित चौथो पटक संसद पुगेका छन् । २०६४ मा उनी समानुपातिक कोटाबाट संविधान सभा सदस्य भएका हुन् ।

काँग्रेसका महाधधिवेशन प्रतिनिधि दिपक बहादुर सिह, शारदा चन्द सहितको बागी, काँग्रेस र सत्ता गठबन्धन दुबैभित्रको असन्तुष्टिले उनी यस पटक पनि संसद जानबाट रोकिने अनुमान गरिएको थियो । ती सबै अनुमानलाई गलत सावित गरी लेखक १२ हजार ७५ मत अन्तरले चुनाव जितेर संसद पुगेका छन् ।

Anant bahu travels

लेखक चुनाव जितेर तेस्रो पटक संसद पुग्दा एमालेका पाल दोस्रो प्रयासमा पनि असफल भएकी छन् । उनी यस अघि २०६५ मा संविधान सभा सदस्य निर्वाचन लडेकी थिइन् । चुनाव हारेको र महिला उम्मेदवार भएकाले सहानुभूति पाएर चुनाव जित्ने पालको धोको पूरा हुन पाएन ।

लेखकले ३० हजार, ५ सय २३ मत पाउँदा पालले १८ हजार ४सय ४८ मत पाएकी छन् । पालले पाएको मत अघिल्लो निर्वाचनमा एमालेका निवर्तमा साँसद डा. दिपक प्रकाश भट्टले पाएको भन्दा ८ हजार कम हो । २०७४ मा एमालेका निवर्तमान साँसद डा. भट्टले लेखकलाई पराजित गरेका थिए । यस पटक उनी टिकटका लागि सिफारिश गरिए पनि एमालेले पाललाई उम्मेदवार बनाएको थियो ।

२०५६ देखि चुनाव लड्दै आएका लेखक २०७४ बाहेक सबै जितेका छन् । २०६४ मा समानुपातिक सभासद् भएका उनी २०५६ र २०७० मा निर्वाचित भएका थिए । २०५१ मा चुनाव लड्न आकाँक्षी उनलाई २०५६ मा टिकट दिइएको थियो । काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाले अर्का केन्द्रीय सदस्य एनपी साउँदलाई टिकट दिएका थिए ।

कञ्चनपुर ३ मा हालसम्म चार चुनाव लडेका उनले तीन चुनाव जितेका छन् । २०७४ मा आफन्तसित बाहेक उनी अरु सबै चुनाव जितेका छन् । २०७४ मा उनी भाई नाता पर्ने एमालेका निवर्तमान साँसद भट्टसित पराजित भएका थिए । त्यस अघि उनले एमालेका उर्वादत्त पन्तलाई २०५६ र २०७० मा पराजित गरेका थिए । २०५१ को मध्यावधि निर्वाचन जितेका पन्त त्यसपछि लेखकसित दुबै निर्वाचन हारेका थिए ।

यस पटक एमालेमा निवर्तमान साँसद भट्टले टिकट नपाउने लगभग निश्चित भएको थियो । एमालेको तत्कालिन माधव नेपाल समूहका उनी अध्यक्ष ओलीको संसद विघटन कदमको विरोधी हुन् । एमालेका अन्तर संघर्षमा ओलीलाई साथ नदिएका कारण भट्टले टिकट नपाउने सम्भावना बलियो थियो । जिल्ला कमिटीबाट सिफारिश हुन रोक्न खोजिए पनि उनको नाम सिफारिश गरिएको थियो ।

एमालेबाट भट्टले टिकट नपाउने भएपछि काँग्रेस केन्द्रीय सदस्य लेखक सुरुदेखि चुनाव जित्नेमा ढुक्क देखिएका थिए । त्यस कारण उनले उम्मेदवारी दर्तापछि अघिल्लो निर्वाचनका सबै चुनावी रणनीति हेरफेर गरी प्रचारमा सक्रिय भए ।

उनले आफ्ना सबै संयन्त्र परिचालन गरी भेटघाट र फोन कुराकानीलाई तीव्रता दिए । २०७० सम्म आफूलाई मत दिएका काँग्रेस इतर सबै क्षेत्रका मतदातालाई भेटेर आफ्ना गल्ती कमजोरी स्वीकार गरी अन्तिम पटक मौका दिन आग्रह गरे । लेखक आफंै घरदैलोमा पुगेर मत माग्न थालेपछि मतदाताले उनलाई अस्वीकार गर्न नसकी मतदान गरेका हुन् ।

dirghayi clinic

अघिल्लो निर्वाचनमा उनका धेरै मतदाताले डा. भट्टलाई साथ दिएका थिए । लेखकले ती मतदातालाई फर्काउन आफू र घर परिवारका सदस्यलाई परिचालन गरेका थिए । एमालेबाट पालले टिकट पाउने भएपछि लेखकका आफन्तले ती मतदातासित यस पटक जसरी पनि सहयोग गर्न सुरुदेखि आग्रह गरि सकेका थिए ।

२०७० सम्म फराकिलो मत अन्तरले जितेका उनी यस पटक एमाले विभाजन, माओवादीको साथ र एमालेभित्रको आन्तरिक असन्तुष्टिका कारण जित्न पुगेका छन् । अघिल्लो निर्वाचनमा एमालेसित भएको माओवादी केन्द्र यस पटक लेखकलाई जिताउन लागेको थियो ।

लेखक व्यक्तित्व र राष्ट्रिय राजनीतिमा बनाएको भूमिकाले पनि उनी मतदाताका नजरमा परेका छन् । उनी २०५६ पछि तीन पटक मन्त्री भएका छन् । ०७० मा निर्वाचित भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका उनी त्यस अघि श्रम यातायात मन्त्री र राज्य मन्त्री भएका थिए ।

ाँग्रेसमा छोटो समयमा सबैभन्दा बढी अवसर पाउने नेताका रुपमा लेखक परिचित छन् । बैतडी पुख्र्यौलीका उनी २०५१ को मध्यावधि निर्वाचनमा काँग्रेस केन्द्रीय सदस्य एनपी साउँदको अनपेक्षित हार भएपछि कञ्चनपुर ३ मा बलियो नेता भएका हुन् ।

सिद्धनाथ विज्ञान क्याम्पसबाट राजनीति सुरु गरेका उनी त्यस बाहेक सबै शिक्षा भारतमा अध्ययन गरेका छन् । भारतको लखनँउ विश्वविद्यालयबाट उनले बिए, एमए र एलएलबी (कानून) को अध्ययन गरेका छन् । सिद्धनाथ विज्ञान क्याम्पसमा उनी पहिलो पटक नै स्ववियु सभापतिमा पराजित भएका थिए ।

बेदकोट नगरपालिका ८ का लेखक केही समय महेन्द्रनगरमा पत्रकारिता र ल फर्म सञ्चालन गरेका छन् । उनले केही समय तत्कालिन सिद्धनाथ बहुमुखी क्याम्पसमा अध्यापन पनि गरेका छन् ।

मध्यावधि निर्वाचनपछि सचिव भएका उनी २०५६ मा साँसद जितेका हुन् । काँग्रेस पदाधिकारी भएको पाँच वर्षमै साँसद लड्ने मौका पाएका उनलाई २०७४ मा एमालेका भट्टले रोकि दिएका हुन् । उनी अघिल्लो हारलाई जितलाई फेरि फर्काउन फेरि चुनावी मैदानमा आएका छन् ।

यस पटक उनी विरुद्ध काँग्रेसका महाधिवेशन प्रतिनिधि दिपक बहादुर सिह सहित नेताहरु बागी भएर चुनावी मैदानमा आएका छन् । अघिल्लो पटक डा. दिपक भट्टसित हारेका उनी यस पटक दिपक सिहका कारण अप्ठेरो अवस्था आउने काँग्रेस नेता कार्यकर्ताको चिन्ता थियो ।

काँग्रेसमा दुई पटक केन्द्रीय सदस्य भएका उनी २०५६ पछि कांग्रेसको संसदीय दलको सचेतक भएका छन् । जनआन्दोलनपछि संसद पुनः स्थापना भएपछि उनी श्रमराज्य मन्त्री र त्यसपछि श्रम मन्त्री नै भएका थिए । तत्कालिन माओवादी संगको वार्ता टोलीका सदस्य भएका उनले शान्ति प्रक्रियामा निष्कर्षमा पुगाउन भूमिका खेलेका छन् ।

संविधान निर्माणका क्रममा उनी मौलिक हक अधिकार मस्यौदा समिति, मस्यौदा समितिभित्रका पनि विभिन्न समितिमा विवाद समाधान लगायतका उप समिति तथा कार्यदलमा बसेर काम गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...