ghar sansar

माया हत्याकाण्ड : सशस्त्र प्रहरीका नाममा किटानी जाहेरी

little buddha academy
khasi

महेन्द्रनगर । बेतडीको शिवनाथ गाउँपालिकामा घाँटी रेटेर हत्या गरिएकी माया लुहारका आफन्तले सशस्त्र प्रहरी जवान भरत कोलीको नाममा किटानी जाहेरी दिएका छन् । पञ्चेश्वर गाउँपालिका ४ सौलोडाकी २१ वर्षीया लुहारको मंगलबार साँझ घाँटी रेटेर हत्या गरिएको थियो । उनीसंगै भएकी १५ वर्षिया नेहा लुहारको घाँटीमा चक्कु प्रहार गरी घाइते बनाइएको थियो ।

मायाका आफन्तले शिवनाथ गाउँपालिका–४ का २७ वर्षीय भरत कोलीको नाममा किटानी जाहेरी दिएका हुन् । किटानी जाहेरीको आधारमा ती व्यक्तीको खोजी कार्य तिव्र पारिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।

,orning glory badhai

मायाको बुधबार दिउँसो शिवनाथ गाउँपालिका ६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो। यस्तै सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीको रुद्रघण्टीभन्दा माथि धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते अवस्थामा भेट्टिएकी थिइन् ।

घाँटीमा धारिलो हतियार प्रहार भएर रक्ताम्मे अवस्थामा पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा फेला परेकी हुन् । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। घाइते रहेकी नेहाले दिएको बयानका आधारमा ती व्यक्ति घटनामा संलग्न रहेको खुलेको हो ।

dirghayi clinic

माया र नेहा मंगलबार घरबाट लुगा सिउन भनि पञ्चेश्वरकै कुँलाउ भन्ने स्थानमा हिडेकी र बुधबारसम्म पनि घर नफर्केपछि घरपरिवार र प्रहरीले खोजतलास गरेको थियो। खोजतलास गर्दै जाँदा बुधबार मायाको हत्या र नेहा गम्भीर घाइते अवस्थामा भेट्टिएकी हुन् ।

घटनाको सूक्ष्म रुपमा अनुसन्धानका लागि बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाही नेतृत्वको टोली दुई दिनसम्म घटनास्थलमै बसेको थियो । फरार रहेका भरत र मायाको पहिलादेखि नै फोन सम्पर्क भइराख्ने खुल्न आएको छ । प्रेम सम्बन्धमा रहेका माया र भरतको बिहे गर्ने समेत तयारी थियो ।

बिदामा घर आएका भरतले केहि दिन अगाडि मायाको मोबाइल नियन्त्रणमा लिएका थिए। मंगलबार मोबाइल लिन भनि बोलाएको थियो। मोबाइल लिन बोलाएकै बेला मायाको हत्या भएको हो ।

माया हालै सम्पन्न निर्वाचनमा म्यादी प्रहरी समेत रहेकी थिइन् । प्रहरीले घटनास्थलबाट मायाको मोबाइल, चक्कु लगायतका सामग्री बरामद गरेको छ ।

बरामद गरिएका सामग्रीबाट थप कुरा खुल्दै जाने प्रहरी नायव उपरीक्षक शाहीको भनाइ छ। उनले भने,’बरामद गरिएका सामग्रीबाट हामीलाई अनुसन्धानमा सहयोग मिल्नेछ। घटनाको सूक्ष्म रुपमा अनुसन्धान भइरहेको छ, अहिले नै सबै कुरा भन्न मिल्दैन ।’

मायाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा परीक्षणपछि आफन्तलाई बुझाइएको छ। परीक्षण रिपोर्ट सार्वजनिक गरिएको छैन ।

Himal dental
सम्बन्धित
Loading...