ghar sansar

कञ्चनपुर ३ मा धन्यवाद दिदैं मतदाताको घरदैलोमा पुगे एमाले उम्मेदवार, दोधारा चाँदनीमा भने– चुनाव हारे पनि हामी जनताको साथमा छौ

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा पराजित एमाले उम्मेदवार मतदातालाई धन्यवाद दिन घरदैलोमा पुगेका छन् । उनीहरुले दोधारा चाँदनी नगरपालिका १ स्याउली बजारबाट मतदातालाई आभार सहित दिन सुरु गरेका छन् ।

एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार निरुदेवी पाल र प्रदेश सभा सदस्य उम्मेदवार सुरेन्द्र विष्टले स्यायली बजारमा मतदातालाई आभार सहित धन्यवाद दिएका छन् । उनीहरुले चुनावमा हार जित स्वभाविक भएको उल्लेख गर्दै मतदाताको माया र साथ सधैं चाहिने बताए ।

,orning glory badhai

राजनीतिक दल र नेताहरु चुनावी हार जितका लागि मात्रै मतदाताको घरमा आउने नभएर सधैं जनताको साथ हुनु पर्नेमा उनीहरुले जोड दिए ।

dirghayi clinic

‘हामी हारे पनि जिते पनि जनताको साथमा छौ, हुने छौ, चुनावमा हार जित समान्य हो, चुनावमा जुन माया साथ दिनु भयो, त्यसका लागि आभार सहित धन्यवाद व्यक्त चाहन्छौ’ एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य विष्णु अवस्थीले
उम्मेदवारले धन्यवादका क्रममा व्यक्त धारणा उल्लेख गर्दै भने,‘वहाँहरुले आगामी दिनमा साथ सहयोगको आशा राखेका छौ भन्नु भयो ।’

दोधारा चाँदनी नगरपालिका १ स्याउली बजारमा थालिएको धन्यवाद कार्यक्रम सबै १० वडासम्म पुगाइनेछ । उम्मेदवारसंगैं दोधारा चाँदनी नगरपालिकाका एमाले नेता, पार्टी कमिटी र विभिन्न संगठनका नेता कार्यकर्ता सहभागी भएका छन् ।

स्थानीय तह निर्वाचनमा बलियो भएको एमाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अनपेक्षित नतिजा व्यहोर्न बाध्य भएको छ । स्थानीय तह निर्वाचनमा दोधारा चाँदनी नगरपालिकाको मेयर सहित ६ वडा एमालेले जितेको थियो । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा राप्रपासित तालमेल गर्दा समेत एमाले स्थानीय तह निर्वाचनको मत जोगाउन असफल भएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...