ghar sansar

दार्चुलामा भारतले नेपालतरि बहाव फर्काउने गरी बनाई रहेको तटबन्ध विरुद्ध चितवनका साँसद रवि बोले, दार्चुलाका निर्वाचित साँसद मन्त्री दिलेन्द्र अहिलेसम्म चुपचाप

little buddha academy
khasi

महेन्द्रनगर । भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरी एकतर्फी ढंगले निर्माण गरिरहेको तटबन्धलाई चौतर्फी विरोध हुँदा पनि दार्चुलाका नव निर्वाचित साँसदहरु मौनता साँधेर बसेका छन् । उनीहरुले अहिलेसम्म सार्वजनिक रुपमा एकतर्फी तटबन्ध निर्माण सम्बन्धी धारण सार्वजनिक नगरी मौन बसेका छन् ।

दार्चुलामा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन अघि देखि नै तटबन्धन बनाउन सुरु गरिए पनि पछिल्लो केही दिनदेखि दुबै देशका नागरिकबीच विवाद भएर झडपसम्म घट्ना भएका छन् ।

चुनाव जितेर पनि मन्त्री बडु चुपचाप बसेका छन् । मन्त्री बडुले एकतर्फी तटबन्धनबारे मुख खोल्नु आवाज पनि उठ्न थालेको छ । एमालेका सुदूरपश्चिम अध्यक्ष तथा बैतडीका संघीय सांसद दामोदर भण्डारीले दार्चुलामा भइरहेको भारतीय ज्यादतीबारे त्यहाँको जनप्रतिनिधि पनि बोल्नु पर्ने बताए । भारतीय पक्षबाट एकोहोरो किसिमबाट तटबन्ध निर्माणको कार्य अन्र्तराष्ट्रिय सन्धि सम्झौता विपरीत भएको उनले बताए ।

dirghayi clinic

‘भारतीय पक्षबाट सीमानामा एकतर्फी गर्ने कुनै पनि निर्णय एमालेलाई मञ्जुर छैन, नेपाली जनतालाई स्वीकार छैन्,’ अध्यक्ष भण्डारीले भने, ‘म तत्काल सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न माग गर्दछु। त्यो क्षेत्रको माननीय दिलेन्द्र बडू ज्यूले पनि यसबारे मुख खोल्नु प¥यो।’

दार्चुला सहित सुदूरपश्चिम प्रदेशका नव निर्वाचित प्रतिनिधि सभा सदस्यहरुले बोल्न नसके पनि चितवनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विज्ञप्ति जारी गर्दै उक्त घटनाको भत्र्सना गरेका छन् ।

चितवन–२ बाट निर्वाचित सांसद लामिछानेले महाकालीको बहाव नेपालतर्फ धकेलिने गरी भारतले अनाधिकृत पक्की संरचना बनाउँदै गरेकोमा आपत्ति जनाउँदै भारतसँग निरीहताको निरन्तरता नयाँ पुस्तालाई स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

‘दार्चुलामा भेट्ने हो कि, काठमाडौंमा भेट्ने हो, कि दिल्लीमा भेट्ने हो, तय गरौं। तर निरीहताको निरन्तरता हाम्रो पुस्तालाई स्वीकार्य छैन,’ उनले लेखेका छन् ।

Himal dental
सम्बन्धित
Loading...