ghar sansar

एमालेमा कारवाही सिफारिश गरिएका पञ्चेश्वर गाउँपालिका अध्यक्ष चन्दले दिए चेतावनी, भने– पार्टीलाई कम्पनी बनाएर चलाउने विरुद्ध लडाईँ लड्छु

khasi

महेन्द्रनगर । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सहयोग नगरेको भन्दै एमाले बैतडीले कारवाहीका लागि सिफारिश गरेका पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले एमालेलाई कम्पनी बनाएर चलाउने प्रवृत्ति विरुद्ध लडाई जारी राख्ने घोषणा गरेका छन् ।

एमाले जिल्ला कमिटीले बुधबार साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट कारवाहीका लागि सुदूरपश्चिम प्रदेश कमिटीमा सिफारिश गरिएपछि उनले पूर्वाग्रह राखेर कारवाही सिफारिश गरिएकोमा आक्रोश पोख्दै पार्टीका गलत प्रवृत्ति विरुद्ध संघर्ष गर्ने चेतावनी दिएका हुन् ।

‘मेरो लडाइँ पार्टीसँग छैन, बैतडीको पार्टीलाई कम्पनी बनाएर चलाउनेसित हो, यसमा मेरो लडाइँ जारी रहन्छ’ चन्दले चेतावनी दिँदै भनेका छन् । अध्यक्ष चन्दले चन्दले पार्टीमा रहँदा वा नरहँदा स्वराडका जनतामाथि गरेको अन्याय, अत्याचार ज्यादति र विभेद विरुद्ध चाडैँ ठूलै आन्दोलनको आँधी हुनरी आउने चेतावनी पनि दिएका छन् ।

‘लिलाधर कमरेड बाँकी आजसम्म तपाईंले गरेका एक, एक कुकृतहरुको बारेमा जानकार छु, समयले ती सबै कुरा खुल्दै जाने छन् र पक्कै पनि जनताले तपाईंलाई दण्डित गर्ने नै छन्,’ चन्दले भनेका छन् ।

dirghayi clinic

आफ्नो गाउँपालिकाबाट दुबै उम्मेदवारलाई अग्रता सहित पठाउँदा पनि कारवाही एको लिएर पठाए पनि कारवाही गरिएकोमा आश्चर्य व्यक्त गरेका छन् ।

‘खासगरि बैतडी (ख) बाट उम्मेदवार भएका लिलाधर भट्ट मेरै कारण हारेको भन्ने आरोप लगाएको रहेछ, जबकि मेरो पञ्चेश्वर गाउँपालिकाबाट दुबै उम्मेदवार (दामोदर भण्डारी पनि) लाई बहुमत भोटहरु गएको कुरा निर्वाचन आयोगले प्रमाणित गरेको छ,’ उनले भने ।

उनले आफूलाई कारबाही गरिएको हो भने त्यो व्यक्तिगत आफूलाई मात्र नगरिएको र स्वराडका लाखौँ, लाख जनतामाथिको कारबाही भएको अर्थमा बुझिने भन्दै चेतावनी दिएका छन् । त्यसको प्रति उत्तर यहाँका जनताले दिने र त्यसका लागि केही समय पर्खिन चन्दले सुझाएका छन् ।

‘पार्टी २÷४ जनाको पेवा होइन्, हजारौँ, हजार मान्छेले दुःख, कष्ट, जेलनेल गरी यहाँसम्म आइपुगेको हो,’ अध्यक्ष चन्दले भने, ‘जनआन्दोलनका बेला अहिलेका कम्पनीवाला कता जागिर गर्दै हुनुहुन्थ्यो? त्यसपछि विदेशी एनजीओ ल्याएर समराइ होटलमा मात्रै कति करोडको गोष्ठी गर्नु भएको छ?’

लडेर चोटपटक लागेपछि २÷४ दिन अस्पताल आएको र फेरि फर्केर निर्वाचन प्रचारमा खटिएका स्मरण गराउदै चन्दले गत पुषमा पाटनमा भएको एमाले जिल्ला अधिवेशनमा अध्यक्षका लागि चासो राखेकाले त्यसै बेलादेखि आफूलाई ‘साइड’ लगाउन खोजेको संकेत गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...