ghar sansar

एमालेमा कारवाही सिफारिश गरिएका पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष भन्छन्– पार्टी दुई चार जनाको पेवा होइन

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमाले बैतडीले पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाहीका लागि सिफारिश गरेपछि चन्दले आफुमाथि मात्रै नभई सम्पुर्ण स्वराडका वासिन्दामाथि कारवाही भएको प्रतिक्रिया दिएका छन् ।

लडेर शरिरमा चोट लागेको हुनाले दुईचार दिन आफु अस्पतालमा उपचाररत रहेको बताउदै चन्दले आफु निर्वाचनमा निरन्तर खटिएको दाबी गरेका छन् ।

,orning glory badhai
dirghayi clinic

क्षेत्र नं(ख)बाट पराजित भएका लिलाधर भट्टले लोकतान्त्रिक प्रणालीमा जित÷हारलाई समान्य रुपमा लिनुपर्ने समेत चन्दले बताएका छन् ।

‘मलाई कारवाही भएको हैन, स्वराड बासीलाई भएको हो, थोरै समयको पर्खाइमा रहनु होला, पार्टी भनेको दुईचार जनाको पेवा होइन,’ चन्दले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘२०६२ ०६३ मा कता हुनुहुन्थ्यो, अहिलेका कम्पनीवाला कता जागिर गर्दै हुनुहुन्थ्यो ?’ लगायतका प्रश्न समेत गर्नु भएको छ ।

पार्टीलाई कम्पनीको रुपमा चलाउदै आएको चन्दको आरोप छ । गत पौषमा जिल्ल अधिवेशनमा आफु जिल्ला अध्यक्षको लागि उम्मेदवारी दिएपछि मलाई किनारा लगाउन खोजेको समेत चन्दको भनाइ छ ।

अहिले पराजित भएका लिलाधर भट्टले पञ्चेश्वर गाउँपालिका अध्यक्षमा आफुले उम्मेदवारी दिएपछि मेरा बिरुद्ध बागी उम्मेदवार उठाएको समेत आरोप लगाएका छन् ।

Himal dental
सम्बन्धित
Loading...