ghar sansar

प्रधानमन्त्री देउवाको गालामा १५ किलोको माला, हातमा १५ बुँदे माग

little buddha academy
khasi

महेन्द्रनगर । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई कैलालीमा धनगढीमा १५ बुँदे माग सहित १५ किलोको माला लगाइएको छ । धनगढी सुरु सुदूरपश्चिम महोत्सवको उद्घघाटन कार्यक्रममा महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघले देउवालाई माला लगाएको हो ।

संघले प्रधानमन्त्री देउवालाई १५ बुँदे मागसहित देउवालाई १५ किलोको माला लगाइएको कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ। २१ बुँदे मागबाट सुरु भएको महोत्सवमा यस वर्ष भने प्रमुख अतिथि (देउवा) लाई १५ किलोको माला लगाइएको हो। २१ बुँदाबाट केही माग पूरा भईसकेकाले मालाको तौल घटाइएको बताइएको छ ।

,orning glory badhai
dirghayi clinic

जसमा प्रदेशको गौरीफण्टा, धनगढी विमानस्थल स्तरोन्नति, औद्योगिक ग्राम स्थापना, मानसरोवर जोड्ने सडक, आईटी हब लगायतका मागहरु रहेका छन् ।

वर्सेनी सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सङ्घले महोत्सव आयोजना गर्ने गर्दछ। यसपालि महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ ।

कैलाली उद्योग वाणिज्य सङ्घले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएकोमा अघिल्लो दुई वर्ष कोरोना महामारीका कारण महोत्सव आयोजना हुन सकेको थिएन ।

Himal dental
सम्बन्धित
Loading...