ghar sansar

दोधारा चाँदनीका मेयर लिम्बुले आफ्नै कार्यकक्षमा पुगेका भीमदत्तका मेयर बागेटीसित फेरि राखे रोयल्टी रकम दिन माग, बोगटीले भने– ढिलो भए पनि दिन्छौ

little buddha academy
khasi

पप्पु गुरुङ्ग
दोधारा । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले महाकाली नदीको रोयल्टी बाँडफाँट सम्झौता अनुसार पाउनु पर्ने रकम उपलब्ध गराउन भीमदत्तसित फेरि माग राखेका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालय पुगेका भीमदत्तका मेयर पदम बोगटीसित मेयर लिम्बुले माग दोहो¥याएका हुन् । उनी स्थानीय तह निर्वाचन जितेपछि रोयल्टी रकमका लागि तीन पटक भीमदत्त पुगेका छन् ।

दोधारा चाँदनी नगरपालिको रोयल्टी ठेक्का सम्झौता गरेपछि ठेकेदारलाई घाट प्रयोग गर्न नदिनु पर्ने माग लिएर मेयर बोगटी शुक्रबार दोधारा चाँदनी पुगेका छन् । मेयर लिम्बुको कार्यकक्षमा दुबै स्थानीय तहका प्रमुख लगायतसित छलफल गरिएको छ ।

,orning glory badhai

छलफलका क्रममा मेयर लिम्बुले विगतको सम्झौता अनुसार भीमदत्तले दोधारा चाँदनी नगरपालिकालाई दिनु पर्ने रकम उपलब्ध गराउन माग राखे । भीमदत्तका मेयर बोगटीले ढिलो भए पनि दोधारा चाँदनी नगरपालिकाले पाउनु पर्ने रकम पाउने बताए ।

dirghayi clinic

भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाबीच आर्थिक वर्ष २०७६÷०७७ देखि रोयल्टी रकम बाँडफाँटमा सहमति भएर सम्झौता भएको थियो । त्यस अनुसार भीमदत्तले सबै ठेक्का व्यवस्थापन गरी दोधारा चाँदनीलाई ३८ प्रतिशत रोयल्टी रकम दिने सम्झौता गरिएको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारको नदीजन्य वस्तु सम्बन्धी कार्यविधि अनुसार महाकाली नदीबाट आम्दानी हुने रकमको ४० प्रतिशत प्रदेश सरकारलाई दिएर बाँकी रहेको ६० प्रतिशत रकम दुबै स्थानीय तहबीच बाँडफाँट गरिएको थियो ।

भीमदत्त नगरपालिकाले गत आर्थिक वर्षको रकम नदिएपछि यस वर्ष दोधारा चाँदनीले एक करोड ३३ लाखमा ठेक्का लगाएको छ । ठेकेदारसित सम्झौता भएपछि मेयर बोगटीले दोधारा चाँदनी पुगेर दिमुक निर्माण सेवालाई भीमदत्तको क्षेत्रको घाट रोक्न आग्रह गरेका छन् ।

महाकाली नदीमा भिमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाको सिमांकन नभएको र भोली नै सिमांकन गर्न अनुरोध गरेका छन् ।

दोधारा चाँदनी नगरपालिकाले आइआइई गरी बोलपत्र आहृवान गरेर ठेक्का दिएको हो । दुबै पालिकाका मेयर र प्रतिनिधिको बैठकले भोलीनै महाकाली नदीमा सिमांकन गर्ने भएको छ । अघिल्लो आर्थिक वर्ष रकम नपाएको र यस वर्ष भीमदत्तले ठेक्का खोल्न नसकेपछि दोधारा चाँदनीले ठेक्का खोलेको बताए ।

Himal dental
सम्बन्धित
Loading...