ghar sansar

विकास बजेटका लागि दैनिक सिँहदरबार धाउँदै पञ्चेश्वरका अध्यक्ष चन्द

little buddha academy
khasi

महेन्द्रनगर । बैतडीको पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष गोरख बहादुर चन्दले पालिकाको विकासका लागि बजेट जुटाउन सक्रिय रुपमा लागेका छन् । दोस्रो पटक पालिका अध्यक्ष निर्वाचित चन्दले अहिले दैनिक रुपमा सिहदरबार धाउने दैनिकी बनाएका छन् ।

बिभिन्न तालुक मन्त्रालयहरुमा विकासका खाका तथा प्रस्ताव पेश गरेका अध्यक्ष चन्दले ती मध्ये केही महत्वपूर्ण शीर्षकमा बजेट बिनियोजन भएको बताएका छन्। ‘सडक लगायत कतिपय अन्य योजनाहरु निर्माण गर्नका लागि टेण्डरसमेत खुलिसकेको छ,’ उनले भने ।

,orning glory badhai

उनले संघीय सहरी विकास मन्त्रालयबाट पञ्चेश्वरमा सहरी पूर्वाधार खडा गर्न कैलपालदेखि कुलाउसम्म सडक तथ पीसीसी बाटो निर्माणका लागि बजेट बिनियोजन भएको जानकारी दिए। अध्यक्ष चन्द पञ्चेश्वरमा बजेट पार्नका लागि हिजो आज सिंहदरबार धाइरहेका हुन् ।

‘सडक निर्माण र नागार्जुन खेल मैदानको घेरपर्खाल तथा धामकुडी मन्दिरमा पार्क निर्माणका लागि २ करोड ५० लाख रुपैयाँको ठेक्का आब्हान भएको छ,’ अध्यक्ष चन्दले भने, ‘सहरी विकास कार्यालय डोटीमार्फत टेण्डर आव्हान भइसकेको छ।’
पालिकाले उक्त कार्यका लागि सहरी विकास मन्त्रालयमा प्रस्ताव पेश गरेको थियो। उक्त प्रस्ताव स्वीकृत भएपछि टेण्डर भएको हो । यस्तै पाटन–पञ्चेश्वर सडकको बाँकी रहेको महाकाली नदी किनारसम्मको ट्रयाक ओपन गर्न पनि बजेट आएको छ ।

पञ्चेश्वर परियोजना स्थल र पञ्चेश्वर तीर्थस्थलसम्म सडक पु¥याउन र कालोपत्र गर्नका लागि योजना आयोगबाट प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय मातहतबाट कार्य सम्पन्न हुने गरी २१ करोड रुपैयाँ स्वीकृत भएको अध्यक्ष चन्दले जानकारी गराएका छन् ।

dirghayi clinic

‘यसले हामीलाई सिधँ भारतको उत्तराखण्डसँग जोड्ने छ,’ उनले भने, यदी महाकाली नदीमा पुल बन्ने हो भने लाखौँ लाख भारतीय धार्मिक पर्यटकहरुलाई भित्र्याएर थुप्रै लाभ लिन सक्छौ ।’ महाकालीमा पुल निर्माणका लागि यहाँका बासिन्दाले लामो समयदेखि माग गरिरहेका छन् ।

‘पुलका लागि अहिले पनि हामी संर्घषरत छौँ, यहाँका जनताहरु पुल निर्माणको पर्खाइमा छन्,’ अध्यक्ष चन्दले भने ।

उनले बैतडी सदरमुकाम नजिकको झुलाघाट नाकामा मोटरेवल पुल र पञ्चेश्वरमा झोलुंगे पुल निर्माणका लागि सरकारसँग आग्रह गरेका छन् ।

दोस्रो कार्यकालका लागि नेकपा एमालेका तर्फबाट पालिकाको अध्यक्ष भएपछि चन्दले आमचौरामा निर्माण हुने भनिएको १० सैयाको अस्पतालका लागि स्वास्थ मन्त्रालयबाट बजेट स्वीकृत गराएका छन् ।

टेण्डर लगाउन बजेट समेत प्राप्त भएको जनाउदै उनले आमचौरामै पालिकाको प्रशाशकीय भवनका लागि पनि १० करोड बराबरको बजेट सामान्य प्रशासन मन्त्रालयबाट स्विकृत भएको जानकारी दिएका छन् ।

दुई वटा भवनको एक महिना भित्रै टेण्डर आव्हान गरी शिलान्यास गरिने अध्यक्ष चन्दले बताए ।

Himal dental
सम्बन्धित
Loading...