ghar sansar

विरामीलाई फलफूल बाँड्न महाकाली अस्पताल आएका मुख्यमन्त्री रावलसित पोखियो दुखेसो, अध्यक्षले भने– चिकित्सकलाई तलब खुवाउनै धौधौ छ

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई महाकाली प्रादेशिक अस्पतालको व्यवस्थापन समितिले चिकित्सकलाई तलब भत्ता खुवाउन मुस्किल परेको समस्या राखेको छ ।

सहिद दिवसको अवसर पारी विरामीलाई फलफूल बाँड्न आएका मुख्यमन्त्री रावललाई अस्पताले जनशक्ति, भौतिक पूर्वाधार र सेवा प्रवाह सुधारका चुनौती सहितका समस्या सुनाएको छ ।

,orning glory badhai

विरामीलाई फलफूल वितरण अघि मुख्यमन्त्री रावलले अस्पताल व्यवस्थापन समिति र प्रशासनसंग छलफल गरेका थिए । छलफलका क्रममा समितिका अध्यक्ष कृष्णानन्द भट्टले दक्ष जनशक्ति नहुँदा सोचे जस्तो गुणस्तरीय सेवा प्रदान गर्नमा समस्या भएको मुख्यमन्त्रीलाई सुनाए ।

उनले अस्पतालसंग प्रयाप्त बजेट नहुँदा चिकित्सकहरुलाई तलब दिन हम्मेहम्मे परेको दुखेसो मुख्यमन्त्री रावल समक्ष पोखे । प्रदेश सरकारले विगतमा दिएको बजेट र अस्पतालको भौतिक संरचना पनि अपुग रहेको समस्या मुख्यमन्त्री रावल समक्ष अस्पतालले राखेको थियो ।

dirghayi clinic

डायलाइसीस सेवा सुचारु गर्ने क्रममा रहेको तथा सीटीस्क्यान पनि सञ्चालन गर्नु पर्ने भएकाले प्रदेश सरकारले यसमा पहल गर्नु पर्ने अस्पताल व्यवस्थापन समितिले मुख्यमन्त्रीसँग माग राखेको थियो ।

मुख्यमन्त्री रावलले महाकाली प्रादेशिक अस्पतालको सेवा गुणस्तरीय बनाउन आफूले गर्न सक्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। प्रदेश सरकारले पूर्णता पाएपछि महाकाली प्रादेशिक अस्पतालको गुणस्तर सुधारका लागि प्राथमिकताका साथ काम गर्ने उनले बताए ।

‘विगतमा व्यवस्थापन समितिमा म पनि थिएँ, मैले अस्पतालको सम्पूर्ण समस्या नजिकबाट बुझेको छुँ,’ उनले भने, ‘अस्पतालको सेवा सुधारका लागि प्रदेश सरकारले पूर्णता पाएपछि प्राथमिकता दिएर काम गर्छु ।’

निवर्तमान् सांसद निरुदेवी पालले महाकाली प्रादेशिक अस्पताललाई केन्द्र सरकारमा राख्नु पर्नेमा जोड दिएकी छन् ।

‘केन्द्रबाट महाकाली अस्पताललाई सुविधा सम्पन्न अस्पतालको रुपमा हेरिन्छ, त्यस्तो वर्गीकरणमा छ, त्यसैले केन्द्रको नजरमा पर्दैन,’ उनले भनिन्, ‘केन्द्र सरकार मातहत राखेर थप सेवा सुविधा थप्न सकिन्छ, संघीय सरकारमा भएमा बजेट धेरै आउथ्यो ।’

Himal dental
सम्बन्धित
Loading...