ghar sansar

ऋणी अशुली नभएको भन्दै शिवशिखर सहकारीको धनगढी सेवा कार्यालय बन्द

little buddha academy
khasi

महेन्द्रनगर । आर्थिक तरलतामा गुज्रिरहेको शिवशिखर सहकारीले धनगढीमा रहेको सेवा कार्यालय बन्द गरेको छ । सेवा कार्यालय नै बन्द गरिएपछि शेयरधनी थप समस्यामा परेका हुन् ।

भक्तपुरमा केन्द्रीय कार्यालय रही देशभर सेवा विस्तार गर्दै आएको शिवशिखरले सेयरधनी र ग्राहकको रकम फिर्ता गर्न नसक्ने भन्दै आजबाट धनगढी सेवा कार्यालय नै बन्द गरेको हो ।

,orning glory badhai
dirghayi clinic

सहकारीका सुदूरपश्चिम प्रदेश प्रमुख हेमराज जोशीले सुचना जारी गर्दै पुँजी व्यवस्थापन हुन नसक्दा तथा बजारको लगानी (कर्जा) असुली नभएकाले केही दिनका लागि सेवा बन्द गरिएको बताएका छन् ।

सहकारी आर्थिक संकटमा परेको खबर बाहिर आएपछि सहकारीका देशभरका सेयरधनी र ग्राहकले धमाधम रकम झिक्न थालेका हुन् ।

‘हालको मन्दीका कारण सबै बचतकर्ता एकैपटक चल्ती खाता, मुद्दती रकम र सेयर रकम झिक्न आउँदा’ पुँजी व्यस्थापन हुन नसकेको सहकारीले सार्वजनिक सूचना जारी गरेर दाबी गरेको छ ।

शिवशिखरको बुटवल सेवा कार्यालयका बचतकर्ता ठगिएको खबर सार्वजनिक भएपछि धनगढी, कञ्चनपुर, महेन्द्रनगर अत्तरिया लगायतका सेवा कार्यालयबाट बचत, मुद्दती र सेयर रकम फिर्ता गर्ने बढेका छन् ।

Himal dental
सम्बन्धित
Loading...