ghar sansar

शुक्लाफाँटामा जनचेतनामूलक कार्यक्रम गरी नारी दिवस मनाउने तयारी

little buddha academy
khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाले जनचेतना मूलक कार्यक्रम गर्दै नारी दिवस मनाउने भएको छ । आइतबार नगरपालिका अगुवा महिला र नगरपालिकाको महिला तथा बालबालिका शाखाबीच भएको छलफलमा जनचेतनामूलक कार्यक्रम गर्दै नरी दिवस मनाउने समझदारी भएको छ ।

नारी दिवसमा नगरपालिकाभित्रको कला, संस्कृति प्रदर्शन, सडक नाटक प्रदर्शन लगायतका कार्यक्रम गरिने प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए ।

,orning glory badhai
dirghayi clinic

‘आज नगरपालिकामा यस क्षेत्रका अग्रज महिलाहरुसँग छलफल भएको थियो, नारी दिवस झलारीको खुल्ला मञ्चमा कार्यक्रम गरि भव्य रुपमा मनाइनेछ,’ उनले भने, ‘त्यहाँ स्थानीय कला, संस्कृतिको प्रर्वद्धन तथा जनचेतना मूलक कार्यक्रम गरिनेछ ।’

अन्तरराष्ट्रिय नारी दिवस प्रत्येक वर्ष ८ मार्चमा विश्वभरी मनाइन्छ। राजनितिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानतालगायतका सवालमा अन्तराष्ट्रिय नारी दिवसका बिषय हुने गरेका छन् ।

नारी दिवस पहिलो पटक १९०९ फेब्रअरी २८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय मान्यता प्रदान गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...