ghar sansar

शव भेटिएको स्थान नजिकै विष्फोट पदार्थ भेटिएपछि बडाल मृत्यु प्रकरण झन शंकास्पद

little buddha academy
khasi

महेन्द्रनगर । बैतडीको दशरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय जीवन बुडालको मृत्यु शंकास्पद देखिएको छ । उनको आफैँ मृत्यु भएको हो वा हत्या भएको हो खुल्न सकेको छैन ।

बुडालको हत्या भएको आशंका उनको परिवारले गरेको छ। परिवारका सदस्यले बुडालको हत्या भएको भन्दै १२ जनाको नाममा किटानी जाहेरी दिएपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

,orning glory badhai

फागुन १३ गते वनभोजका लागि दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदी किनार गएका जीवन सोही राति नदीमा मृत अवस्थामा फेला परेका थिए ।

जीवनसँगै वनभोज गएका नारायणसिंह ऐरी, गजेन्द्रसिंह रावल, पुस्पराज भट्ट, अर्जुनसिंह रावल, टेकसिंह खत्री, श्यामुसिंह ऐरी, मोहनसिंह ठगुन्ना, नविनसिंह ठगुन्ना, केशवसिंह रावल, दिपेन्द्रसिंह ऐरी, भीमसिंह ठगुन्ना र भुवनराम लुहारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

dirghayi clinic

उनीहरुमाथि ज्यान सम्बन्धी कसुर र विष्फोटक पदार्थ सम्बन्धीको जाहेरी दर्ता भएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शुरुमा ७ दिनको म्याद थपेर उनीहरुमाथि अनुसन्धान गरिएको थियो ।

अनुसन्धानका क्रममा उनीहरुले विष्फोटक पदार्थ लुकाएर राखेको पत्ता लागेको थियो। घटनास्थल नजिकैबाट उक्त विष्फोटक पदार्थ पनि प्रहरीले बरामद गरेको छ। हाल उनीहरु विरुद्ध दोस्रो पटक थप १२ दिनको म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा सहायक सूचकका रुपमा कार्यरत रहेका मृतक जीवन बुडाल विदामा घर आएका बेला फागुन १३ गते आफ्नो घर दशरथचन्द नगरपालिका–१० खडेनीबाट वनभोज जाने भन्दै ११ जना साथीसँग म १ ज २२२ नं.को जिपमा चौलानी किनार गएका थिए ।

बुडाल चौलानी नदीमा डुबेको अवस्थामा फेला परेकोले डुबेर मृत्यु भएको अनुमान गरिए पनि उनी पौडी खेल्न सिपालु रहेको आफन्तले बताएका छन्। मृतक बुडालको शव परीक्षण गरिए पनि अस्पतालमै रहेको छ ।

बुडालको मृत्युको सत्यतथ्य पत्ता लगाउनुपर्ने भन्दै परिवारजनले शव बुझ्न मानेका छैनन्। घटनाको अनुसन्धानका लागि सिआइबीको टोली पनि खटिएको छ ।

Himal dental
सम्बन्धित
Loading...